बदनाम प्यारो
~राजकुमार बानियाँ ढोकामै छ, अर्धनारीश्वरको मूर्ति। गोप्य अंग बोराले छोपिएको अवस्थामा। पुरुष र महिलाको आलिंगनजस्तो लाग्ने सातफिटे मूर्ति म्युजियम र फोटोमा त होला। कसैको निजी निवासमा छैन। काठमाडौँ, घट्टेकुलोस्थित आफ्नो घरमा रहेको यो अवतारमा नारी-पुरुष समानता देख्छन्, लेखक/चिन्तक पुष्कर लोहनी, ७५। शिवशक्ति रूपका यी उपासकलाई मूर्ति अझै अधुरो लाग्छ। भन्छन्, “मैले भनेजस्तो सिंह र गोरुको टाउको बनाउन नसकेपछि मूर्तिकार नै भाग्यो।” लेखनकै कारण पद, प्रतिष्ठा, पुरस्कार र सम्मान पाउने थुप्रै छन्। लेखनकै कारण बदनाम छन्, पुष्कर। उनी यौनबाहेक अरू लेख्दैनन्। “५० वर्षदेखि साहित्यमा अविराम यौन लेख्दै आएको छु,” उनी भन्छन्, “अब अरू विषयमा लेख्न थाले पाठकले नै अस्वाभाविक नमान्लान् ?” सेक्स लेख्दालेख्दै अब त उनी आफैँ सेक्स सिम्बोल भइसकेका छन्। “प|mायड भन्नेबित्तिकै यौन, यौन भन्नेबित्तिकै प|mायड,” उनी स्वीकार्छन्, “पुष्कर लोहनी भन्नेबित्तिकै सेक्स सिम्बोल, सेक्स सिम्बोल भन्नेबित्तिकै पुष्कर लोहनी।” ‘माक्र्सवादी स्कुलमा जन्मेको प|mायडिस्ट।’ राजनेता बीपी कोइरालाको भनाइ सम्झना छ, पुष्करलाई।...