संदेश

जुलाई 3, 2013 की पोस्ट दिखाई जा रही हैं

मणि ग्यालरी

चित्र
राजकुमार बानियाँ ठमेल ठेगानाको पम्परनिकल बेकरी एउटा ग्यालरीजस्तो लाग्छ। चिल्ला भित्तामा मझौला फ्रेमहरू औधी सुहाएका छन्। झट्ट हेर्दा पेन्टिङ्जस्ता लाग्ने यी फोटोहरूलाई क्याप्सन चाहिँदैन। मानिस, प्रकृति, प्रेम अनि स्वतन्त्रताका विम्बहरू छन् फोटोमा। तिनमा बेग्लै सौन्दर्य छ। आँखा फ्रेमबाहिर कतै जाँदैन। फोटो र कलाको सुन्दर 'कम्पोजिसन'। दामोदर कुण्ड, कागबेनी, उत्तर कैलाश, तेङबोचे, मनास्लु आदि फोटोमा खुब टोलाउँछन् पर्यटक। तिनका पारखी आँखा कसै गरी अघाउँदैनन्। यसरी झुक्याउने आर्ट-फोटो खिच्छन्, मणि लामा, ६७। यी चुल्ठे मणिको हुलिया पनि पेन्टरको जस्तो छ। उनका 'पर्फ]{ट सट'का बारेमा स्वदेशीभन्दा विदेशीहरू 'अपडेट' छन्। काठमाडौको बौद्धमा चिनियाँ लामा परिवारमा जन्मेका हुन्, मणि। उनका बाबु पुण्यज्वाला बौद्धका पुजारी रहेछन्। लाग्छ, फोटोग्राफीमा उनको सोख जन्मजात हो। १३, १४ वर्षको उमेरमै उनले कोडाकको बक्स क्यामरा चलाएका रहेछन्। बौद्धबाट मखनसम्म एक घन्टा हिँडेर फोटो धुलाएको अनुभव छ, मणिसँग। त्यतिखेर चल्तीमा थियो, तलेजु मन्दिरको उत्तरतिर फर्केको राज फोटो स्टुडियो। एक रोलक...