मणि ग्यालरी
- राजकुमार बानियाँ

ठमेल ठेगानाको पम्परनिकल बेकरी एउटा ग्यालरीजस्तो लाग्छ। चिल्ला भित्तामा मझौला फ्रेमहरू औधी सुहाएका छन्। झट्ट हेर्दा पेन्टिङ्जस्ता लाग्ने यी फोटोहरूलाई क्याप्सन चाहिँदैन।
मानिस, प्रकृति, प्रेम अनि स्वतन्त्रताका विम्बहरू छन् फोटोमा। तिनमा बेग्लै सौन्दर्य छ। आँखा फ्रेमबाहिर कतै जाँदैन। फोटो र कलाको सुन्दर 'कम्पोजिसन'। दामोदर कुण्ड, कागबेनी, उत्तर कैलाश, तेङबोचे, मनास्लु आदि फोटोमा खुब टोलाउँछन् पर्यटक। तिनका पारखी आँखा कसै गरी अघाउँदैनन्। यसरी झुक्याउने आर्ट-फोटो खिच्छन्, मणि लामा, ६७। यी चुल्ठे मणिको हुलिया पनि पेन्टरको जस्तो छ। उनका 'पर्फ]{ट सट'का बारेमा स्वदेशीभन्दा विदेशीहरू 'अपडेट' छन्।
काठमाडौको बौद्धमा चिनियाँ लामा परिवारमा जन्मेका हुन्, मणि। उनका बाबु पुण्यज्वाला बौद्धका पुजारी रहेछन्। लाग्छ, फोटोग्राफीमा उनको सोख जन्मजात हो। १३, १४ वर्षको उमेरमै उनले कोडाकको बक्स क्यामरा चलाएका रहेछन्। बौद्धबाट मखनसम्म एक घन्टा हिँडेर फोटो धुलाएको अनुभव छ, मणिसँग। त्यतिखेर चल्तीमा थियो, तलेजु मन्दिरको उत्तरतिर फर्केको राज फोटो स्टुडियो। एक रोलको एक रुपियाँमा फोटो धुलाउने, त्यसबापत एउटा रलि सित्तैँमा। ग्राहक फकाउने 'आइडिया' गजबकै लाग्छ।
जीवनमा एउटै मात्र क्यामरा चलाएनन् उनले। बौद्धमा उनको परिवारको थाङ्का व्यापार रहेछ। पर्यटकहरू आइरहने। सामान किन्दा पैसा नपुगे क्यामरा नै छाडिदिने। त्यसरी प्राप्त असल सामान राख्ने अनि कमसल बेचिदिने। काठमाडौँमा क्यामरा पसल नै थिएनन्। क्यामराको महत्त्व यसबाटै थाहा हुन्छ। उनको संगत पनि फोटोग्राफरहरूसँगै भयो। नरेन्द्र प्रधान, दोर्जे लामा, रवीन्द्र श्रेष्ठ, श्रीधर मानन्धरहरू आदि नामुदहरूसँग।
सेन्ट जेभियर्स र पद्मोदय स्कुल पढेका मणिले एसएलसी दिएका रहेछन्, नन्दी रात्रि स्कुलबाट। महेन्द्र पब्लिक कलेजमा आर्टस पढ्दापढ्दै एक अमेरिकी प्रोजेक्टमा काम गरे। त्यस अन्तर्गत जंगली जनावरबाट सरेका परजीवीले टोकेर मानिस मर्न थालेपछि खटिएछन् जुम्ला। काम जुम्रा, उपियाँ, किर्ना समात्ने अनि परीक्षणका लागि अमेरिका पठाउने।
बोसले सोधेछन्, "प्रोजेक्ट सकियो। अब के गर्ने ?" मणिले भनेछन्, "म अमेरिका जान्छु। त्यहाँ कृषि सिकेर र्फकन्छु।" नभन्दै मर्सेड कलेज क्यालिफोर्नियाको छात्रवृत्ति पाएर पाताल भासिए। साढे दुई वर्ष त्यहाँ बिताए। तर, कुनै पनि औपचारकि डिग्री पाएनन्।
डिग्री पाउन त क्लास लिनुपर्दो रहेछ। कति बिन्दास भने मानविकी संकायमा ऐच्छिक विषय फोटोग्राफी रहेको समेत उनले थाहै पाएनन्। त्यसपछि लागेछन्, फ्रेस्नो स्टेट युनिभर्सिटीतिर। तर, त्यहाँ पढ्नलाई एकमुष्ट रकम चाहिने। कहाँ पाउनु ?
संयोगवश उनले लायन्स क्लबमा स्लाइड देखाएका रहेछन्, काठमाडौ र हिमालको। फोटो पारखी एक बैंक म्यानेजरले मन पराएछन्। तिनैसँग दुई हजार ऋण लिए। बर्खे बिदामा काम गरेर तिरे पनि।
पाँच वर्षपछि कृषिमा बीसीएसको प्रमाणपत्रसहित सन् १९७५ मा नेपाल फर्किए मणि। तर, काम भने कतै पाएनन्। कामको खोजीमा पाखि्रबास, धनकुटासम्म धाएछन्। काठमाडौँबाट दुई सय जनामध्ये छानिएर बेलायतीहरूले चलाएको कृषि केन्द्र पुगेका मणिलाई भनिएछ, "लामाजी केही दिन पर्खनूस्। यहाँ लाहुरेको भाइ पनि आउँदै छ।" अन्तर्वार्ताजस्तो गरेर उनलाई 'आउट' गरिएछ।
अब कहाँ जाने ? मुख देखाउन पनि लाजै भयो। त्यही बेला काम लाग्यो, फोटोग्राफी कला। पोस्टकार्डको हाइहाइ थियो। पर्यटन विभागले केही किसिमका पोस्टकार्ड जापानमा छापेर ल्याउँथ्यो। सगरमाथा, पशुपति, बौद्ध, फेवाताल, अन्नपूर्ण आदिका।
त्यहीबीच उनले खोले, मणि लामाज फोटो। र, १८ थरी पोस्टकार्ड सिंगापुरमा छापेर ल्याए। त्यो यति चाँडै बिक्यो कि तत्कालै त्यसका प्रकार ३६ भए। त्यो पनि रातारात 'हटकेक' भयो।
अनि, उनले २ लाख ५६ हजार रुपियाँ बैंक ऋण लिएछन्, त्यो पनि ढाँटेर। भन्छन्, "त्यतिखेर पोस्टकार्ड छाप्नलाई ऋण दिने चलन रहेनछ। गलैँचा कारखानालाई मात्र दिने। अनि मैले ६ आनामा बिल्डिङ् ठड्याएर एक तिब्बतीलाई गलैँचा बुन्न भाडामा दिए।" साइनबोर्ड झुन्ड्याए मुक्पा कार्पेट र ऋण पनि पाए। यसरी व्यवसाय सुरु भयो, सन् १९८९ मा। सारा काम आफैँ गरे। फोटो खिच्ने, सिंगापुर जाने, फोटो पि्रन्ट गरेर ल्याउने, झोलामा बोकेर ठाउँ ठाउँमा छाड्ने, बजारबाट पैसा उठाउने, सबै आफैँ। अफिस खोल्ने, असिस्टेन्ट राख्ने त सोच्दै सोचेनन्। भन्छन्, "खासमा म बिजिनेसम्यान रहेनछु।"
तैपनि, लोभलाग्दो रह्यो बजार। जताततै मणिकै फोटो छपक्कै। उनकै सिको गरेर अरूले कुस्त कमाए पनि। १ सय ३६ थरी पोस्टर र पोस्टकार्ड छापेर ल्याउँदा भने उनलाई मर्का पर्यो। भारतले नाकाबन्दी गरेको समय सीमा बन्द, पर्यटक ठप्प। ग्यारेजमा थन्काएको आधाजसो सामान बाढी पसेर बिगि्रयो। बाँकीलाई बल्लतल्ल बेचेर ऋणसम्म तिरे। यहीँ सकियो उनको व्यावसायिक जीवन।
बिस्तारै डिजिटल जमाना सुरु भयो। सन् २००० पछि त पोस्टकार्डमा रंग नै रहेन। सम्झन्छन्, "त्यतिखेर त यात्राको चिनो, सम्झना-बिर्सना भनेकै पोस्टकार्ड। सबैलाई पोस्टकार्ड पठाउनैपर्ने।"
त्यसपछि संयुक्त राष्ट्र संघ, युनिसेफ, जीटीजेड, सेभ द चिल्ड्रेन, कारिटास, यूएनडीपी आदिका काम गरे उनले। केही समय साथीसँग मिलेर डार्करुम क्रियसन भन्ने ग्यालरी खोले। छुटेर एक्लै ग्यालरी नाइन खोले लाजिम्पाटमा। कवि, संगीतकार, कलाकार, फोटोग्राफरलाई बोलाएर प्रस्तुति देखाए। उनका फोटोलाई २०/२५ हजार रुपियाँसम्म तिर्छन् कलाप्रेमीहरू। विश्व बैंकले चार लाख रुपियाँको फोटो किन्यो एकमुष्ट। २० हजार त स्लाइड छन् उनीसँग। भन्छन्, "मेरा छोरीहरूलाई मेरो सम्पत्ति त्यत्ति हो।"
फ्रान्स, बेलायत, कोरयिा र अमेरकिामा एकल फोटो प्रदर्शनी गरसिकेका छन् उनले। केही पुरस्कार पनि हात पारेका छन्। अब उनलाई फोटो प्रदर्शनीमा जाँगर छैन। बरू टाढाको कुनै लोकेसनमा वर्कसप चलाउने रहर छ। भन्छन्, "मलाई अझै पनि बिहेसिहेको फोटो खिचिदेऊ भन्न आउँछन्। अब आर्ट टाइपको फोटो मात्र खिच्छु,।"
फोटोग्राफी ज्यादै रोमाञ्चक छ। उनले घुमफिरको मौका पनि पाएकै हुन् र त देशका ७३ जिल्ला घुमेका छन्। दोहोर्याउने मौकासमेत कहिल्यै छाडेनन्। त्यतिबेला उनको कामना हुन्थ्यो, यसपटक केही फरक भइदियोस्। एकपटक त तेङ्बोचेमा वसन्तमै हिउँ पर्यो रे !
अब मुगुको रारा ताल चाँडै पुग्न चाहन्छन्। दक्षिणी भारतको कन्याकुमारी पुग्न बाँकी छ। उनलाई फोटोजेनिक लागेको ठाउँचाहिँ जोमसोम नै हो। त्यहाँ एउटै पदयात्रामा भिन्न-भिन्न स्वादका नौला-नौला दृश्य पाइन्छन्। मौसम ठीक हुँदा गोसाइँकुण्ड पनि 'युनिक' लाग्छ।
मणि लामा फोटोको खोजीमा महिनौँ दिनसम्म भौँतारएिका छन्। यो लतले दाम्पत्य जीवनमा समेत खटपट आइरह्यो। एकपटक पत्नीले नै भनिछन्, "तिमीलाई फोटो भए पुग्छ। फोटोग्राफर साथीहरूसँगै बस।" नभन्दै झन्डै १५ वर्षयता श्रीमतीसँग छुट्टएिर बसेका छन्। पत्नी बौद्धमा, मणि लाजिम्पाटमा। छोरीहरूका कारण सामान्य आवतजावत भने छ।
उनले 'करिअर'लाई कहिल्यै छाडेनन्। ४० वर्षको उमेरमा प्रेमविवाह गरेका रहेछन् करबि १३ वर्ष कान्छी अमेरिकी मेरी डेथसँग। उनीहरूलाई नजिक्याउने पनि फोटोग्राफी नै हो। पोस्टकार्डका लागि मनाङ 'ट्रेकिङ्' जाँदा अमेरिकी र फिलिपिनो जोडी साथी भएछन् उनका। तिनैले फिलिपिन्समा टेक्सटायलसम्बन्धी पढ्ने मेरीलाई मणिका बारेमा बताइदिएछन्। अनि, उनी नेपाल आइन्। दुई वर्षपछि त विवाह भइहाल्यो। कला र संगीतका पारखी मेरी र फोटोग्राफर मणिका दुई छोरी छन्, २५ र २३ वर्षका।
अलराउन्डर मणिका पि्रय फोटोग्राफर भने फ्रान्सका कार्टियर ब्रेस्वा हुन्, ल्यान्डस्केप फोटोग्राफीमा माहिर। माउन्टेनमा जगदीश तिवारी र मोडलिङ्मा किशोर कायस्थको नाम लिन्छन्। उनी फोटोग्राफीमा अनुशासनलाई महत्त्व दिन्छन्। भन्छन्, "राम्रो फोटोग्राफीका लागि महँगो वा सस्तो सामानभन्दा पनि समय, धैर्य र कल्पनाशीलता चाहिन्छ।"
मणिले आफ्नो बुढ्यौली छोपेकै छन् फिटनेसले। मांस, मदिरा सबै छाडेका छन्। पानी पिउँछन् प्रशस्त। मर्निङ् वाकमा निस्कन्छन्। पहिले त चुरोटको के कुरा, गाँजा, चरेस पनि खाँदा रहेछन्। खैरो हिरोइन, अफिमको भने अनुभव छैन रे !
धर्मको विरोध त गर्दैनन् तर अन्धविश्वास पनि स्वीकार्दैनन्। उनी सत्यलाई नै धर्म मान्छन्। कृषिसँग उनको सम्बन्ध छुटिसक्यो। एकपटक हिमाचल प्रदेशको मनालीबाट स्याउका बिरुवा ल्याएर हिमाली गाउँ मेलम्ची घ्याङ (हेलम्बु)मा ६ सय बोट नलगाएका भने होइनन्। मार्फाभन्दा प्रसिद्ध भयो एकताका हेलम्बुको स्याउ। त्यहाँ पहिलोपटक स्याउ रोप्ने भने उनकै बाबु पुण्यज्वाला हुन्। स्याउ मासिएपछि त्यता गएका छैनन्। भन्छन्, "म कृषि प्राविधिकको प्रमाणपत्र कसैलाई देखाउँदिनँ।"
मणि लामाको पातलो चुल्ठोमा बेग्लै आकर्षण छ। उनी जाडोमा पाल्छन्, बर्खामा फाल्छन्। छोरीहरू पापाको चुल्ठो ज्यादै मन पराउँछन्। उनका जँुगा सेताम्मे भइसकेका छन् भने कपाल कालै। त्यस कारण जुँगा रंगाएका छन्।
रलि फम्र्याटदेखि डिजिटल फम्र्याटसम्म अनुभव गरे, उनले। पहिले तीनवटा खिचेर एउटामा चित्त बुझाउनुपथ्र्यो, अहिले सयवटा खिच्दा पनि चित्त बुझ्दैन। उनलाई मन परेको शैली फोटो-आर्ट हो। इच्छाएकै फोटो पाएका छन् त उनले ? भन्छन्, "समय र भाग्य मिल्यो भने।"
मणिले धेरै खिचेको फोटो भने बौद्धकै हो। हजारौँ फोटो खिचे होलान् उनले। बुद्ध मुड्समा उनले नसमेटेका फोटो नै छैनन्। जति खिचे पनि नअघाउने सौन्दर्य। अनौठो लाग्यो भने अझै पनि खिचिहाल्छन्। भन्छन्, "वाह ! गजब ! यो अन्तिम हो त म कहिल्यै पनि भन्दिनँ। अरू पनि होलान् भन्ने सोच्छु।"

टिप्पणियाँ
एक टिप्पणी भेजें