गोविन्द पासा
~ राजकुमार बानियाँ हरदम किताबकै थाकमा हुन्छन्, गोविन्दप्रसाद श्रेष्ठ, ५९। त्यसैले किताबी लत लाग्ला भन्ने डर लाग्छ, कहिलेकाहीँ। रत्न पुस् तक भण्डारका प्रमुखले किताब पढ्ने कि बेच्ने? हिमालयन बुक्सका प्रोपाइटर काका शिवरामबाट उनले प्रशस् त 'आइडिया ' लिएका छन्। किताबको गुदीभन्दा 'टाइटल ', 'गेट अप ', 'पि्रन्ट ' र 'प्राइस 'लाई महत्त्व दिन्छन्। कुन किताब कुन कुनामा छ, त्यो ख्याल छ। निजी क्षेत्रको पुरानो प्रकाशनगृह रत्न पुस् तक उनकै नेतृत्वमा छ। तर, उनको कुनै औपचारकि पद छैन। कसै कसैले उनलाई प्रबन्ध निर्देशक पनि भन्छन्। तर, उनी आफूलाई कारिन्दा मात्रै ठान्छन्। उनका बाबु, बाजेले साहूमै चित्त बुझाए। भन्छन्, "मलाई औपचारकिता अप्ठ्यारो लाग्छ।" बाजे साहू रामदासलाई उनले देख्न पाएनन्। बाजे परलोक भएको एक वर्षपछि उनी जन्मेका हुन्। साँझपख मखनको मिठाई पसल बन्द गरेपछि रामदास पोको बोकेर हिँड्दा रहेछन्। रानीपोखरीनेर सोह्रहाते गणेशस् थानअगाडि फुटपाथमा देवीदेवताका फोटो, फ्रेमम अनि भजन र कर्मकाण्डका पुस् तक फिजाउँदा रहेछन्। उनलाई पछ्याउँदा रहेछन्, छ...