गोविन्द पासा

राजकुमार बानियाँ

हरदम किताबकै थाकमा हुन्छन्, गोविन्दप्रसाद श्रेष्ठ, ५९। त्यसैले किताबी लत लाग्ला भन्ने डर लाग्छ, कहिलेकाहीँ। रत्न पुस् तक भण्डारका प्रमुखले किताब पढ्ने कि बेच्ने? हिमालयन बुक्सका प्रोपाइटर काका शिवरामबाट उनले प्रशस् त 'आइडिया ' लिएका छन्। किताबको गुदीभन्दा 'टाइटल ', 'गेट अप ', 'पि्रन्ट ' र 'प्राइस 'लाई महत्त्व दिन्छन्। कुन किताब कुन कुनामा छ, त्यो ख्याल छ।

निजी क्षेत्रको पुरानो प्रकाशनगृह रत्न पुस् तक उनकै नेतृत्वमा छ। तर, उनको कुनै औपचारकि पद छैन। कसै कसैले उनलाई प्रबन्ध निर्देशक पनि भन्छन्। तर, उनी आफूलाई कारिन्दा मात्रै ठान्छन्। उनका बाबु, बाजेले साहूमै चित्त बुझाए। भन्छन्, "मलाई औपचारकिता अप्ठ्यारो लाग्छ।"

बाजे साहू रामदासलाई उनले देख्न पाएनन्। बाजे परलोक भएको एक वर्षपछि उनी जन्मेका हुन्। साँझपख मखनको मिठाई पसल बन्द गरेपछि रामदास पोको बोकेर हिँड्दा रहेछन्। रानीपोखरीनेर सोह्रहाते गणेशस् थानअगाडि फुटपाथमा देवीदेवताका फोटो, फ्रेमम अनि भजन र कर्मकाण्डका पुस् तक फिजाउँदा रहेछन्। उनलाई पछ्याउँदा रहेछन्, छोरा रत्नप्रसाद श्रेष्ठ अर्थात् गोविन्दका बाबु। त्यतिखेर सामान झिकाउन राखेको नाम हो, रामदास एन्ड सन्स।

त्यसको सात वर्षपछि अर्थात् २००३ सालमा रत्न पुस् तक भण्डार खुल्यो। उसले पहिलो पुस् तक छाप्यो, भगवती स् तोत्र। अहिलेसम्म तीन हजार पुस् तक छापिसकेको छ। त्यसमा वर्णमाला, गाइड, गेसपेपरदेखि साहित्यिक पुस् तकसम्म छन्।

हुन पनि रत्नले कुनै विधाको पुस् तक छाप्न कन्जुस् याइँ गरेको छैन। लुकेर पढ्ने खालका युधीर थापामार्का उपन्यासले त बिक्रीका सबै मानक भत्काएका छन्। लुकेको समाज त कति बिक्री भयो, भयो। कपीराइट किनेकाले हिसाबकिताब भने राखेनन्।यसै कारण अश्लील पुस् तक छापेको आरोप पनि नलागेको होइन। सरकारले पाठ्यपुस् तक छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रलाई एकलौटी दिएपछि व्यवसाय धान्न धौधौ पर्‍यो। गोविन्द सुनाउँछन्, "जनक शिक्षाले टेक्स् टबुक छाप्थ्यो, हामी गाइड। हामीले गहकिला पुस् तक छाप्दै नछापेका भने होइनौँ।"

त्यसो त रत्नले विदेशी विद्वान्लाई सम्पादक राखेर अन्तर्राष्ट्रिय स् तरको जर्नल कैलाश निकालेकै हो। त्यो कस् तो जर्नल भने नेपालमा मुस्किलले पाँच-सात थान बिक्ने, युरोपमा डेढ सय। त्यो २७ वर्षसम्म नियमित चलेर बन्द भयो। अहिले पुस् तक संसार बुलेटिन बाँडिरहेकै छ।

खासमा भूगर्भशास् त्री बन्न चाहँदा रहेछन्, गोविन्द। उनको भित्री चाहना विदेश गएर पढ्ने थियो। त्रि-चन्द्रमा बीएस् सी गरेपछि कहीँ नभए भारत त पक्का। तर, उनी अड्किएछन्, आईएस् सीमै। भयो के भने बुबा र काका फर्यांकर्फट बुक फेयरमा गएछन्। माइल्दाजु टेबलटेनिस टुर्नामेन्टमा जापान, साइँल्दाइ इन्जिनियरङि् पढ्न रुस र भाइहरू स् कुलमा। दोकान ठूल्दाइ एक्लैले सम्हाल्न नसक्ने भएपछि परीक्षा नै हाप्नुपर्‍यो। अमृत साइन्स कलेज (अस्कल)मा बाबुराम भट्टराईभन्दा एक वर्ष 'जुनियर ' रहेछन्, उनी। त्यहीँ दोहोर्‍याएर पढ्दा मरेतुल्य भएछन्। आनन्दकुटी साइन्स कलेजको होस् टेलमा बसेर जेनतेन आईएस् सी गरे। त्यसपछिको पढाइ अधुरै रह्यो।

भूगर्भशास् त्री बन्न नपाएकामा उनलाई कुनै खेद छैन। 'अ फाइन जेन्टलम्यान ' गोविन्द लेखकहरूसँग कालो कफी पिउनुको आनन्द उठाइरहेकै छन्। भन्छन्, "दिग्गज लेखकलाई आफ्नै चेम्बरमा भेट्न पाएको छु। यस् तो मौका पैसा बाँडेर पनि पाइँदैन।"

नौ भाइमा काइँला हुन्, गोविन्द। उनीपछिको चौथो पुस् तासमेत पुस्तक व्यवसायमा आइसकेको छ। यो घरानाको विशेषता संयुक्त परिवार पनि हो। उनका दाजुभाइ अझै छुट्टीभिन्न भएका छैनन्। बेग्लाबेग्लै बस् न थालेको भने दुई वर्ष भयो। त्यसको कारण एक त घर साँघुरो । दोस्रो, दिनहुँ भोजभतेरका कारण पैसा र समयको बर्बादी। अहिले भैँसेपाटीबाट दुई किलोमिटर टाढा छयासीकोट, बुङमतीतिर पुगेका छन्, गोविन्द। उनका तीन छोरामध्ये माइलाले उत्तराधिकारी बन्ने छाँट देखाएका छन्। उनले अनलाइन बिजिनेस थाल्दै छन्, रत्नबुकडटकम।

रत्नसँग धेरै लेखक जोडिएका छन्। नजोडिएका एउटै हुन्, लक्ष्मीप्रसाद देवकोटा। देवकोटा र रत्न परम मित्र रहेछन्। तर, देवकोटा छपाइदेऊ भन्न नसक्ने, रत्न पुस् तक छपाउँछु भन्न नसक्ने। पञ्चायतकालमा विश्वेश्वरप्रसाद कोइरालाका दुई उपन्यास छापेको छ, सुम्निमा र नरेन्द्र दाइ। पाण्डुलिपिबापत तारिणी र ज्योति कोइराला हस् ते चार हजार रुपियाँ रोयल्टीसमेत बुझाएको पत्र गोविन्दसँग छ। प्रकाशक भने प्रतिनिधि साहित्य प्रकाशन चाबहिल उल्लेख छ। त्यति बेला सुन्दरीजल जेलबाट छुटेर भारत गएका रहेछन् विश्वेश्वर। दुवै पुस् तकको पछिल्लो गातामा लेखकको आगामी उपन्यास भनेर छापिएको जेठाजुको चिट्ठी भने कतै भेटिएको छैन।

रत्न पुस् तकबाट बढी लेखकस् व थाप्ने डायमनशमशेर राणा रहेछन्। उनले पाँच उपन्यासबापत बर्सेनि ७५ हजारभन्दा बढी लैजाँदा रहेछन्। पञ्चायतकालमा साझा प्रकाशनले छापेको सेतो बाघ  डायमनलाई फिर्ता गर्‍यो। त्यसलाई रत्नले छापेको हो।

एक जमाना मदन पुरस्कार गुठीले पाण्डुलिपिमै पुरस् कार दिन्थ्यो र त्यसलाई छापेर बजारमा लैजान्थ्यो, रत्नले। मुदि्रत पुस् तकलाई नै पुरस् कार दिन थालेपछि त्यो सम्बन्ध टुट्यो। रत्नले मदन पुस् तकालयमा आफ्ना एक थान पुस् तक पठाउँछ तर पुरस् कारका लागि दरखास् त हाल्दैन।

साहित्यिक पुस् तक दुई थान मात्र बिक्री हुँदा पनि उनलाई सन्तोष लाग्छ। यसमा उनी सेवा भावना मात्र देख्छन्। अहिलेको आक्रामक पुस् तक प्रवर्द्धनमा उनी खोट देख्दैनन्। भन्छन्, "त्यो मेरो पनि विज्ञापन हो। बरू त्यसबापतको लाखौँ खर्च नवोदित प्रकाशनगृहले धान्न सक्छ कि सक्दैन?"

रत्नका चारवटा 'आउटलेट ' छन् काठमाडौँमा : माइतीघर, पुल्चोक, भोटाहिटी र बागबजार। के निजी प्रकाशनगृहमा रत्न एक नम्बर हो? गोविन्द भन्छन्, "पुस् तक संख्या र पुरानोको हिसाबले त एक नम्बर होला। तर, व्यापारका हिसाबले दाबी छैन।"

नामुद प्रकाशनगृहका यी मालिक पुस् तकचाहिँ खासै पढ्दैनन् । समीक्षा पढेरै काम चलाउँछन्। हालसालै प्राध्यापक दयानन्द बज्राचार्यले पढ्नैपर्ने पुस् तक सिफारसि गरेछन्, हर्मन हेसको सिद्धार्थ र स् टेफन हकिङ्को अ बि्रफ हिस् ट्री अफ टाइम। नभन्दै गोविन्दले सिद्धार्थ पढ्न थालेका छन्, नेपाली र अंग्रेजी दुवै भाषामा। भन्छन्, "म दुवै भाषामा पोख्त छैन। एउटामा अड्किनेबित्तिकै अर्को समाउँछु।"

प्रकाशकसँग लेखकका सदाबहार गुनासा हुन्छन्। यस मानेमा भाग्यमानी छन्, गोविन्द। कुनै विवादमा परेका छैनन्। बरू लेखकहरू उनलाई भलाद्मी मान्छन्। त्यसैले त गोविन्द सबैका 'पासा ' हुन्। लेखक र पाठकलाई जोड्ने 'ग्रयान्ड डिजाइनर ' हुन्, रत्नप्रसाद श्रेष्ठ। उनको निधन पनि पुस् तक दिवसमै भयो, १० वैशाख ०६१ मा। गोविन्दले बाबुआमाको सामानको बेग्लाबेग्लै 'अर्काइभ ' राखेका छन्। रेडियो, सुटकेस, लुगाफाटा त भइगयो, बाबुको दाँतसमेत सुरक्षित राखेका छन्। कुनै दिन रत्न म्युजियम बनाए आश्चर्य हुने छैन।

हेर्दाखेरी गोविन्द 'मङ्क 'जस् ता लाग्छन्, 'केस स् टडी 'मा त 'ड्रङ्क ' रहेछन्। तीन प्याकेट सिगरेट त दिनमै सल्काए उनले। मदिरामा झन् 'लिमिट ' हुने खालकै होइनन्। कतिसम्म भयो भने जानु थियो, आर्ट अफ लिभिङ्को २५औँ वर्ष उत्सवमा बैंगलोर। अघिल्लो साँझ म्याक डवेल ह्वीस् की पिउँदै रहेछन्। बिहान ब्यूँझदा त मेडिकेयर अस् पतालको आईसीयू वार्डमा। जहाज छुट्यो, कार्यक्रम छुट्यो। त्यो औडाहामा उनले मदिरासँग दूरी बढाएका छन्।

उनका कोही गुरु छैनन्। आफैँ गुरु बन्न पनि चाहँदैनन्। यत्ति हो, राम्रा कुरा सबैका मान्छन्। नराम्रा कुरा कसैका मान्दैनन्। भन्छन्, "राम्रा कुरा गर्ने सबै मेरा लागि देवता हुन्।" साधुवाद उनको जीवनदर्शनजस् तो लाग्छ।

मधुमेहले उनलाई पछ्याएको २२ वर्ष भयो भने आँखामा पावर चढाएको ४४ वर्ष। यी कस् ता मधुमेही भने रसवरी देखेपछि मन थाम्न सक्दैनन्। कम्तीमा दुईवटा त खाइहाल्छन्। खलिल जिब्रानको पात्र अलमुस् तफाको भाकामा भन्छन्, "म भोलि सोच्दिनँ। कुनै होमवर्क गर्दिनँ। भोलि आफ्नो हातमा छैन।"

गोविन्दलाई भुलक्कड भने हुन्छ। विवाहको साल सोध्दा क्यालकुलेटर थिच्छन्। भुलक्कड स् वभाव जनाउने दुई घटना छन्। पहिलो, शुभतारा स् कुलमा आफ्ना र दाजुभाइका छोराहरूको रजिल्ट लिन गएछन् उनी। तर, आफ्नै छोराको नाम सम्झन सकेनन्। वडामा नाता प्रमाणित गर्न जाँदा पत्नीको नाम 'मलिना ' हुनुपर्नेमा 'मनीला ' लेखाएछन्।

आफ्नो जमानामा फिल्मका 'क्रेजी ' रहेछन् गोविन्द। दिलीपकुमार, देवानन्द, राजेश खन्ना हुँदै अमिताभ बच्चन, जया भादुडीसम्मका 'फ्यान '। 'फस् र्ट डे फस् र्ट सो 'का दर्शक। आफैँ भन्छन्, "मेरो कति कन्जुस बानी भने लुगामा खर्च गर्न मनै लाग्दैन।"

काठमाडौँको तापक्रम जति पुगोस्, उनले ज्याकेट लगाएकै हुन्छन्। ज्याकेट ६ वर्ष पुरानो हो भने जुत्ता साढे एक वर्ष पुरानो। चार वर्ष पुरानो चस् मामा आलपिन घुसारेर काम चलाइरहेका छन्। उनी घडी लगाउँदैनन्। श्रीमतीले कर गरेपछि औँठी थपेका छन्, दाहिने हातको औँलामा।

अफिस समयबाहिर उनको आफ्नै जिन्दगी छ। अफिसभित्र उनी कामकाजी हुन्, बाहिर मनमौजी। साँझदेखि बिहानसम्म आफ्नै संसारमा हराउँछन्। उनी कसैको बानी सुधार्नु जरुरी ठान्दैनन्। भन्छन्, "जो जस् तो छ, त्यस् तै रूपमा स्वीकार। त्यसको पछि लाग्दा दुःख मात्र पाउँछौ ।"

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’