अफबिट सौरभ
~ राजकुमार बानियाँ
दुई थान गैरआख्यान पुस्तक छन्, उनका। दुवैमा लेखकको तस्बिर छैन। औपचारकि नाम, ठेगाना, शिक्षा र घरपरिवारबारे कतै उल्लेख छैन। यही 'अफबिट' शैलीले सौरभ, ५२, लाई 'मोस्ट मिस अन्डरस्टुड' बनाइदिएको छ।
यी घाघडान अखबारी लेखकलाई छद्मनाम नै पर्याप्त लाग्छ। बाबुआमाले दिएको नाममा उनको कुनै लगाव देखिँदैन। औपचारकि नाम जोडेर पठाइने निम्ता र सम्बोधन स्वीकार गर्दैनन् पनि।
चाहिनेभन्दा बढी चिन्न खोजेर व्यक्तिको स्वतन्त्रता हनन गर्नुलाई उनी साहित्यिक रोग मान्छन्। 'कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा नागरकिताको नाम आएपछि त्यो अन्तर्वार्ता मेरा निम्ति एउटा दुर्घटना मात्र बन्यो। एक दुःखद सम्झना,' पछिल्लो पुस्तक सौरभका पच्चीस वर्षमा उनले लेखेकै छन्, 'सक्कली नाम खोज्ने ठेक्का साहित्यकारले लिऊन्। सञ्चारकर्मीले किन लिन्छन् ?'
तिनताक काठमाडौँमा थाहा पाएका दिनेश सत्याल नै तीन जना रहेछन्। यही झमेलामा उनले भूमिगत किसिमको नाम राखे, सौरभ। कतिपय लेखक सौरभ मै हुँ भन्दै हिँडे। कतिपयले सौरभकै नाममा लेखे पनि।
प्रख्याती भनौँ या बदनामी। हरेक पत्रिकाका 'ओपेड'मा सौरभ, कार्टुन 'क्रेडिट'मा सौरभ। "पत्रपत्रिकामा सौरभको नाम आउनुसम्म ठीकै हो," उनी भन्छन्, "सौरभका नाममा कार्टुनसमेत आउन थाल्यो। म त कार्टुन कहिल्यै बनाउँदिनँ।"
त्यसपछि तस्बिर दिनैपर्ने स्थिति आइहाल्यो। उनले तस्बिर त दिए, एकदमै पुरानो। कसैले थाहा नपाऊन् भनेर। एक पत्रिकामा नीलो शिरीषका बारेमा लेखेपछि बल्ल छर्लंग भयो, असली सौरभ एउटै छ।
आफूलाई पत्रकार मान्दैनन् सौरभ। कहिलेकाहीँ लाग्छ, 'कोलमिस्ट' हुँ। अहिले त 'क्याजुअल राइटर'जस्तो मात्र लाग्छ। आरआर र पाटन संयुक्त क्याम्पसमा पत्रकारिता पढेका रहेछन् उनले। पत्रकारिताको 'डेब्यु' गोरखापत्रमा भयो उनको। बहुदलका पक्षमा खुलेर लागेका सौरभ किन मोडिए त ? "बहुदलवादीलाई न्युट्रालाइज गर्ने हिसाबमा मेरो जागिर पक्का भयो," उनी सुनाउँछन्, "तलब जतिसुकै देओस्, समयमै आउँछ र पर्सनल बजेट बन्छ भनेर स्वीकारेँ।" गोरखापत्रमै पनि उनले मन्त्रीको भाषण लेख्न मानेनन्। बिहेबर्तुन र कक्टेल पार्टीमा गएनन्। अहिले आफ्नै घरमा त्यस्तो उत्सव भयो भने पनि उनी गयल हुन्छन्।
गोरखापत्रमा जम्मा आठ महिना काम गर्न पाएछन्, आफ्नै किसिमले। "पदमा उप-सम्पादक भए पनि चिट्ठीपत्र हेर्नेको हैसियत क्लर्कजस्तै हो," उनी भन्छन्, "मैले न्युजविक र टाइम्स अफ इन्डियाकै पाठकपत्रको स्तरमा पुर्याएँ।"
त्यही बेला विराटनगर जान्छु भनेर बेलायत पुगेछन् सौरभ। घरपरिवार र साथीभाइले १५ दिनपछि मात्र थाहा पाएछन्। सुनाउँछन्, "प|m्यांकर्फट एयरपोर्टबाट ट्रेन चढेर जता गए पनि हुन्थ्यो, ह्याम्बर्ग, बर्लिन, म्युनिख या पेरसि। म गएँ लन्डन।"
लन्डनमा सौरभले ह्यारो कलेज पढ्न चाहेका रहेछन्। कति प्रतिष्ठित भने, सांसदहरू सगौरव भन्दा रहेछन् : ह्यारो एजुकेटेड मेम्बर अफ पार्लियामेन्ट। दुर्भाग्य ! ह्यारोमा खोजेको सिटमा उनले २५ प्रतिशत खर्चसमेत जोहो गर्न सकेनन्। त्यतिबेला उनले पढ्न चाहेको विषय थियो : सिनेमाटोग्राफी। "पढ्न पाएको भए सायद प्रकृतिसम्बन्धी डकुमेन्ट्री बनाउँथेँ," उनी भन्छन्, "त्यो पनि १०/१२ वटा मात्र।"
उनले बि्रटिस ब्रोडकास्टिङ् कर्पोरेसन (बीबीसी)मा काम पाएछन्। बीबीसीको अफिस रहेको बुस हाउसमा २०४६ सालको जनआन्दोलनको पक्षमा पर्चा फोटोकपी गरेको उनलाई सम्झना छ। "एक पूर्वप्रधानमन्त्री र मैले राती बसेर ८० थान फोटोकपी गर्यौँ," उनी भन्छन्, "मेरै ह्यान्डराइटिङ् भएको पर्चा।" श्रीलंकाको लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)को पर्चा पनि त्यहीँ त्यसरी नै फोटोकपी हुँदो रहेछ।
लन्डन बसाइका दुई वर्ष उनलाई छुट्टी मनाएजस्तो भयो। बहुदल आएको खुसीयालीमा अंग्रेजले नछाड भन्दाभन्दै नेपाल फिरे। उनले भनेछन्, 'बीबीसी ट्रान्सलेटरको जब हो। म त क्रिएटर हुँ।' उतैबाट गोरखापत्रलाई पठाएको राजीनामा दुई वर्षपछि बल्ल स्वीकृत भयो।
सौरभका शब्दमा, पत्रकारिता भाङको नशाजस्तो हो। त्यही नशामा उनले कान्तिपुर दैनिकको संस्थापक टिम बनाएका हुन्। के र्याङठ्याङ नमिलेर छाडिदिए। दोस्रोपटक कान्तिपुरमा उनले जम्मा ३५ दिन काम गरेछन्। "मेरो करिअर गोरखापत्रमै सकिएको हो, कान्तिपुर त ह्याङओभर मात्र हो," उनी भन्छन्, "मलाई आफ्नै स्पेस चाहिन्छ। अरूको स्पेसमा एडजस्ट हुन सक्दिनँ।"
बागी टाइपका लेखक सौरभले युवाकालका दुई वर्ष कम्युनिस्टसँग संगत गरेका रहेछन्। कम्युनिस्टको क्यानभास उनलाई साँघुरो लाग्छ। सौरभका भनाइमा उनीहरू कमिटेड हुन्छन् तर क्रियटिभ हुँदैनन्।
उनको लेखनमा साहित्य, कला, संगीत र इतिहासको क्वाँटी स्वाद छ। "मैले जानीबुझी इतिहासलाई समातेको हुँ," उनी भन्छन्, "विगत थाहा नपाई भविष्यको रेखा कोर्न सकिँदैन।"
सुकसुकाउँदो विम्ब समातेर लेख्छन्, सौरभ। "मैले राइटिङ् स्टाइल पेन्टिङ्बाट सिकेको हुँ," उनी स्वीकार्छन्, "चुम्बकमा फलाम टाँसिन्छ। कहिलेकाहीँ फलाममा चुम्बकको गुण आउँछ।" उनलाई अफसोच छ, चित्रकारसँग संगत भयो तर संगीतकारसँग भएन।
"नेपालमा मैलेजति स्तरीय पाठक कसैले पाएको छैन, पढालिखा र प्रोफेसनल," उनी भन्छन्, "त्यस्तो भविष्यमा कसैले पाउला। पहिले कसैले पाएको थिएन।"
यी हाई प्रोफाइल टिप्पणीकार पारश्रिमिकबारे भने उति खुल्दैनन्। "मैले पारश्रिमिकका लागि कहिल्यै लेखिनँ। हरेक ६/६ महिनामा पैसा बढेकै छ," उनी भन्छन्, "पैसा कसैलाई बढी हुँदैन। नचाहिएको पनि होइन।" आफ्नो कुरा आफ्नै तरिकाले प्रस्तुत गर्न दिनु ठूलो कुरा लाग्छ उनलाई। कहिलेकाहीँ लहडमा लेख्दा पाठकले गम्भीर बनाइदिन्छन्। लेखेर उनी पारश्रिमिक मात्र पाउँदैनन्, धम्की पनि पाइरहन्छन्।
आत्मलाप पोख्ने लेखकले उनलाई छुँदैनन्। "यहाँका लेखकहरू म, मैले, मेरो, मलाई लाग्छ भनेर लेखिरहेका हुन्छन्," उनी भन्छन्, "म भन्नेबित्तिकै तपाईं को हो भन्ने प्रश्न उठिहाल्छ। त्यसैले म आफूलाई पंक्तिकार मात्र लेख्छु।"
सौरभलाई अनारसिंह कार्की, भीमार्जुन आचार्य, कुमार रेग्मी, प्रकाशचन्द्र लोहनी, जगमान गुरुङ, अर्जुननरसिंह केसीका लेख पढ्न लायक लाग्छ। "विहारीकृष्ण श्रेष्ठ ८० वर्ष पुगे होलान्," उनी भन्छन्, "उनको लेखाइको भाषा र स्पिरटि १६ वर्षको जस्तो छ।"
राम्रा नेताले बाटो बिराउँदा सौरभ दुःखी हुन्छन्। "व्यक्तिगत कमजोरी छाड्ने हो भने चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, सीपी मैनाली, कुलबहादुर गुरुङहरूमा नेपाल अनुराग पाउँछु," उनी भन्छन्, "सुशील कोइराला, मोहन वैद्यमा आफ्नै खाले त्याग र अनुशासन छ। तिनले विदेशीका गोडा समातेका छैनन्।"
सौरभ अलौकिक शक्ति रहेको विश्वास गर्छन्। लेखन कुनै तपस्या या साधनाभन्दा कम लाग्दैन। भन्छन्, "लेख्न बस्दा जनकलाल शर्मा, योगी नरहरिनाथ, बाबुराम आचार्य ठिंग उभिरहेजस्तो लाग्छ।" जबकि, योगीसँग उनको जम्मा पाँच मिनेट भेट भयो। जनकलालसँग हिमालयन बुकमा जम्काभेट मात्र भएको हो। बाबुरामलाई हुलाक टिकटमा मात्र देखेका हुन्।
सौरभ कुनै बेला नेपाली पढ्दै नपढ्ने स्थितिमा पुगेका रहेछन्। अब उनलाई नेपाल र नेपालीबाहेक अरू जान्नु छैन। खेद लाग्छ, उनलाई कुनै संस्थाले फिचर लेखन तालिमका लागि बोलाएनन्। कसैले पढ्नलाई पुस्तक पनि दिएनन्।
कौसीमा घाम ताप्न बस्दा उनका आँखा घरवरपरका झ्यालतिर पुग्छन्। नभए कौसीमा जम्मा हुने परेवातिर घोत्लिन्छन्। हिजोका परेवा कता गए भनेर छटपटिन्छन्। हजारवटा परेवा पाल्ने उनको सोख अहिले स्थगनमा छ।
लहडमा प्याथोलोजी पढेका सौरभले आफ्नो मेनुबाहिर काम गरेका छन्। कुनै साइनो नभएको वनस्पतिशास्त्रमा। किताबै लेखेका छन्, नेपाल्ज फ्लोरटिेज -नेपालको पुष्प परम्परा)। त्यसमा झन्डै १ हजार ५ सयवटा बिरुवाको पुस्तैनी खोतलेका छन्।
कौसीमा रैथाने फूल लगाउन नपाएको झोँकमा उनले यो किताब लेखेका रहेछन्। यस्तो १२ खण्ड निकाल्ने सोच छ उनको। बगैँचाप्रेमी सौरभ रातो गाडीमा हाडको धूलो राखेर कुद्छन्। नयाँ बिरुवा देखे फूल, डाँठ र पात लिएर विज्ञकहाँ पुग्छन्। "साँझ परेपछि मदहोश हुने संगत छाड्न माली, बगैँचेसँग नजिकिन थालेको हुँ," उनी भन्छन्, "कसैले चाहे आठौँ शताब्दीको बगैँचा तयार गर्न सक्छु।"
सौरभको पुर्खा साढे दुई सय वर्षदेखि काठमाडौँमा छ। उनी परिवारका चारमध्ये कान्छा छोरा हुन्। उनका बाजे स्टेट्सम्यान र विश्वमित्र अनि बुबा पेकिङ् रिभ्यु, चाइना पिक्टोरयिलका नियमित पाठक रहेछन्। पद्मोदय स्कुल पढ्दा उनी शिक्षकले वास्तै नगर्ने विद्यार्थी रहेछन्। गणितमा एकदमै कमजोर। भन्छन्, "गणितमा कमजोर विद्यार्थी भाषामा बलियो हुन्छ, भाषामा बलियो विद्यार्थी गणितमा कमजोर।"
निजी कुरा परिवारसँग कहिल्यै 'सेयर' गर्दैनन्सौरभ । पतिको पत्नीसँग, पत्नीको पतिसँग परचिय जोड्दा अप्ठ्यारो लाग्छ। एउटा सरकारी संस्थानमा कार्यरत दीपासँग विवाह गरे उनले। छोरी आरोहा छिट्टै कलेजमा पाइला राख्दै छिन्।
पश्चिम युरोपमा आवारा भएर बिताएका सौरभ पक्का यायावर हुन्। रुकस्याकमा लुगाफाटा र औषधी हमेसा तयार हुन्छ। ठाउँ तोकेर यात्रामा निस्किँदैनन्। सोधिहाले ढाँटिदिन्छन्। जता जान मन लाग्छ, त्यतै हिँडिदिन्छन्। माओवादी सशस्त्र विद्रोहका बेला आईडी कार्डबिना पश्चिम नेपालका आठ/दसवटा जिल्ला घुमेछन्। हिँड्दाहिँड्दै माओवादी सेल्टरमा समेत पुगेछन्।
सौरभ मर्निङ् वाक गर्दैनन्। बिहानीपखको निद्राले नचाहिने कुरा हटाउने अनि 'मेमोरी पावर' बढाउने उनको अनुभव छ। उनी कुनै अम्मल नभएका सज्जन होइनन्। कहिलेकाहीँ बियर पिइदिन्छन्। उनलाई थाहा छ, एउटा न एउटा बैगुन चाहिन्छ। त्यो भनेको भेन्टिलेसनजस्तै हो।
अब सौरभको मेनुमा छ, खेतीपाती। योजना छ, काठमाडौँबाहिर सात-आठ घन्टाको बाटोमा फार्म हाउस खोल्ने। "हामी बिगि्रयौँ, भत्कियौँ, नराम्रा कुरा थुप्रै छन् तर नेपालजस्तो सुन्दर अर्को देश छैन," उनी भन्छन्, "बिदेसिने इच्छा ममा कहिल्यै आएन र म विदेशलाई आदर्शका रूपमा हेर्दिनँ पनि।"
उनी आफूलाई नदीको ढुंगामा ठोक्किएको एउटा छालजस्तो मान्छन्। त्यो छाल देखिए देखिहाल्यो, नदेखे त्यसै सिद्धियो। पुतलीसडकको बंगलाको साटो गाउँले गरबिको घरमा जन्मिएको भए सौरभ यतिकै हरफनमौला हुन्थे होला ?
"सोच, जीवनदर्शनका हिसाबले म आफूलाई सहरी गरबि नै ठान्छु किनभने यहाँका रैथाने धमाधम बिदेसिरहेका छन्," उनी भन्छन्, "म गरबिको झुपडीभित्र पनि सुखी हुने बाटो खोज्थेँ, माछा पालेर होस् वा फूल सारेर।"

.jpg)
टिप्पणियाँ
एक टिप्पणी भेजें