औतारी विहारी
~ राजकुमार बानियाँ
कुकुरको जमात 'सप्तर्षि'को घेरामा छन्, मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ, ७७। सप्तषिर्मध्ये ६ वटा कुकुर आँगनमै बरालिन्छन्, बडी गार्डजस्तो एउटा कुकुर भने विहारीसँगै उकालो लाग्छ। किचनदेखि बेडरुमसम्म पहुँच भएको त्यो कुकुर हो, गलेकृष्ण श्रेष्ठ। यो हाई प्रोफाइल कुकुरलाई बैठकको सोफामा बस्न कसैको अनुमति चाहिँदैन।
गलेकृष्ण उच्च नश्लको कुकुर होइन। काठमाडौँकै सडकछाप गले बडो चाकरीबाज छ। पहिले विहारीपत्नी छाला रोग डाक्टर हीरामन प्रधानलाई रभिmायो, अहिले विहारीकै प्यारो भइसकेको छ। "पहिले अस्पतालमा डाक्टरसा'बको कुर्सीमुनि बस्थ्यो," गलेको कहानी सुनाउँछन् विहारी, "घरमा दरबन्दी खाली भएपछि अस्पतालबाट आएको हो।"
पाटन, चाकुपाटको एउटा भित्री गल्लीमा रहेको विहारी बंगलामा भुस्याहा, खाते, सडकछापका रूपमा बदनाम कुकुरहरू मात्र छन्। तिनका व्यञ्जन विभिन्न छन्। त्यसमध्ये एउटा नियमित खान्की हो, कुखुराको टाउको। त्यो पनि एक किलो। आपतविपत्मा एउटा भेटेनरी डाक्टर तम्तयार छन्। कुकुरलाई आफ्नै ढाँचाको नाम दिने विहारीसँग तिनीहरूका थुप्रै प्रेम-प्रसंग पनि छन्। तर, यहाँनेर औतारी विहारीकै प्रसंग रोचक होला।
मदन पुरस्कार पाउने २६औँ नम्बरमा छ, विहारीको नाम। ०२८ सालमा कर्णाली लोक संस्कृति ग्रन्थका निम्ति उनले संयुक्त रूपमा उक्त पुरस्कार पाएका हुन्। ग्रन्थको तेस्रो खण्ड दियार गाउँका ठकुरीहरू उनकै पुस्तक हो। जेम्स ग्याबि्रयल क्याम्पबेलले त्यो खण्ड अनुवादसहित पुर्याए, अमेरिकाको कोलम्बिया युनिभर्सिटीसम्म। पुरस्कार पाएपछि सत्यमोहन जोशी, चूडामणि बन्धु, स्थिरजंगबहादुर सिंह, प्रदीप रिमाल र उनले दामासाहीले बाँडे, दुई-दुई हजार रुपियाँ। त्यसो त दियार भन्ने गाउँ जुम्लामा कतै छैन। त्यसको सक्कली नाम हो, हाटसिञ्जा। दियार सल्लो कस्तो भने, वर्षौं पानीमा राख्दा पनि नकुहिने।
स्थानीय विकास विभाग अधिकृत विहारी चार दशक पहिले नेपालगन्जबाट ११ दिन हिँडेर जातीय संरचना अध्ययनका लागि जुम्ला पुगेका रहेछन्। "जुम्ला डिफरेन्ट वल्र्ड हो, डिफिकल्ट पनि," उनी भन्छन्, "त्यहाँ समानता र समावेशीपनको सफल नमुना रहेछ, जचौरी कुलोप्रथा।" त्यही कुलोकै आधारमा उपभोक्ता समूहको अवधारणालाई विकेन्द्रीकरण ऐनमा समेटेछन् उनले।
सुब्बा रामकृष्ण गोंगजुका तीन पत्नीमध्ये कान्छीतिरका सन्तान विहारी काठमाडौँको प्याफलमा जन्मेका हुन्। अढाइ वर्षमा आमा अनि १० वर्षमा बुबा गुमाएपछि उनले अभिभावकका रूपमा पाएछन्, जुवाडे दाजु। अनि, फि तिर्न नसकी स्कुल निकालामा पनि परेछन्। काठमाडौँको शान्ति निकुञ्ज स्कुलमा पढेका हुन् उनले। त्यहाँ धेरैजसो शिक्षक कांग्रेस रहेछन्, भूगोल पढाउने पुष्पलाल मात्र कम्युनिस्ट। तर, विद्यार्थीलाई असाध्यै कुट्ने।
स्कुले जीवनमै उनको मन परेको विषय हो, अंग्रेजी। उनले सिग्नल कम्पनी -गणेश दल गुल्म)मा सिभिलियन मास्टरका रूपमा अंग्रेजी सिकाए पनि। त्यसपछि उनी त्रिभुवन ग्राम विकास विभागमा फड्केका हुन्। अंग्रेजी राम्रो बोल्न र लेख्न सक्ने नायब सुब्बा विहारीले कामु पञ्चायत विकास अधिकारी (पीडीओ) भएर पोखरा जान पाए, विदेशी जाने अनि जहाज फ्लाइट पनि भएको ठाउँ। पहिलो वर्ष नै उत्कृष्ट पुरस्कार पाए, नौवटा ब्याट्री जाने रेडियो।
हक्की विहारी मन्त्री, सचिव र हाकिमहरूका कहिल्यै पि्रय भएनन्। ३२ वर्षे सरकारी नोकरीमा उनको स्वाभाविक सरुवा जम्मा तीन/चारपटक भयो। अन्यथा सबै हाकिमले नै गलहत्याएका हुन्। "अहिले ती मेरा हाकिमहरू फोस्रो ओठ लगाएर बसेका छन्," उनी भन्छन्, "म राती १२ बजे मात्र कम्प्युटर छाड्छु।" जागिर खोसिनेबाहेकका काम उनी गरहिाल्ने। नसिहत, ग्रेड रोक्काको कहिल्यै परवाह नराख्ने। "प्रोफेसनल गोल मिल्ने मेरो महामित्र," उनी अथ्र्याउँछन्, "मिलेन भने म झगडा गरिहाल्छु।"
एकताका उनले उपसचिवको जागिर छाडेर विश्वविद्यालयमा पढाउन थालेछन्। तर, विश्वविद्यालय त मन्त्रालयभन्दा पनि खराब। डेढ महिनापछि जागिरमा र्फकंदा उनले बढुवा पाएछन्। साढे तीन वर्षमै सहसचिव हुने भाग्यमानी कर्मचारी सायद अरू छैनन्। यस मानेमा पनि भाग्यमानी, यी बागी कर्मचारीले 'रोयल क्याम्प'मा सजिलै प्रवेश पाए। उनका बारेमा कता कताबाट सुनेछन्, राजा वीरेन्द्रले। "दरबारको जाँचबुझ केन्द्रमा तीन महिनाका लागि गएको म, तीन वर्ष काम गरेँ। महिनैपिच्छे १ हजार ६ सय रुपियाँ पाएँ," उनी भन्छन्, "त्यति बेला मुख्यसचिवले पाउने रकमकलम नौ सय मात्र हो।"
जाँचबुझमा रहेका बेला दरबारको 'स्पिच राइटर' पनि हुन्, विहारी। राजा वीरेन्द्रको राज्याभिषेकदेखि पञ्चायती व्यवस्थाको पच्चीसौँ वर्षगाँठसम्मका रसिला भाषण उनले लेखेछन्। उनका हरफहरू राजाको महावाणीका रूपमा छाइरह्यो, पञ्चायतकालभरि। राजाका सचिव नारायणप्रसाद श्रेष्ठ आफैँ साहित्यका विद्यार्थी, संगत पनि साहित्यकारसँगै। जाँचबुझ छाडिसकेपछि पनि उनले पञ्चायत रजत जयन्तीको बनिबनाउ भाषण फालिदिए। "त्यति महत्त्वको भाषणमा कालीप्रसाद रिजालले प्रकृति वर्णन मात्र गरेछन्," उनी सम्झन्छन्, "राजासँग रियालिटी, जनतासँग मिथ हुनुपर्ने, त्यहाँँ त उल्टो राजासँग मिथ, जनतासँग रियालिटी।"
सन् २००० सम्म गरिबीको रेखामुनि रहेका जनताको आधारभूत आवश्यकता पूरा गरी एसियाली मापदण्डमा पुर्याउने नारा उनकै मथिंगलको उपज हो। त्यसको व्यवस्था राष्ट्रिय योजना आयोगले गर्नेछ भनेर आफैँलाई संकेत गरेछन्। त्यसको नेतृत्व घुमिफिरी उनकै हातमा गयोपनि । त्यसमा काम हुन लागेको के थियो, एसियाली मापदण्ड राजनीतिक फुटबल साबित भयो। "राष्ट्रिय पञ्चायतमा मन्त्रीजति सत्तापक्ष, बाँकी प्रतिपक्ष। १ सय ४० दलजस्तो," उनी भन्छन्, "मेरो सपना तासको घरजस्तो भयो। दुई वर्ष पञ्चायत थामिएको भए त्यो पूरा हुन्थ्यो।"
राजाको मान्छे अनि पञ्चायतको आयु लम्ब्याउने आरोप खेपेका विहारी विकेन्द्रीकरण, उपभोक्ता समूहका साथै आमा समूहका पनि डिजाइनर हुन्। आफूलाई पाँच वर्षको समय दिने हो भने मुलुकको अनुहार फेरबदल गर्न सक्ने विश्वास अझै छ उनमा। "मसँग जुन क्षमता छ, त्यो मुलुकका निम्ति उपयोग गर्न पाइनँ," उनी भन्छन्, "भगवान्ले मलाई धोका दिएको छ। उससँग जति स्पष्टीकरण लिए पनि पुग्दैन।"
०१५ देखि ०४८ सम्म रह्यो, उनको नोकरी। नासुदेखि अतिरत्तिm सचिवसम्म। अन्त्यमा २० वर्षे लागेर बिदा भएछन् विहारी। हात पर्यो, जम्माजम्मी चार/पाँच लाख रुपियाँ। "त्यति पैसा त कन्सल्ट्यान्सी गरेको ६ महिनामै कमाएँ," उनी भन्छन्, "जागिर त पहिल्यै छाड्नुपर्ने रहेछ।"
औपचारकि भाषामा विहारी जागिर छाडिसकेका 'ढाक्रे' हुन्। तर, जागिरमा भन्दा पनि व्यस्त छन्। साँच्चै भनुँ भने जागिर छाडेपछि उनको आर्थिक पाटो कायापलट भयो। उनले कति पैसा कमाए भन्ने लेखाजोखै छैन। "कन्सल्ट्यान्सी कस्तो भने मुखले जति बोल्यो, त्यति सदर हुन्छ," उनी भन्छन्, "दुःख के भने पहिले मेरो हरेक शब्द पोलिसीमा कन्भर्ट हुन्थ्यो, मेचीदेखि महाकाली पुग्थ्यो।"
अमेरिकामा उच्च शिक्षा लिएका विहारीको एक मात्र उचाइ मानवशास्त्र हो। "एन्थ्रोपोलोजी भनेको बेसार विद्या हो, सबैतिर चाहिने," उनी भन्छन्, "मेरो कन्सल्ट्यान्सी स्वास्थ्य, शिक्षा, जलविद्युत्, विकास, पशुपन्छी, कृषि सबैतिर छ।"
जातीय संरचना, भाषा-संस्कृति, परम्परा, विकास आदि इथ्नोग्राफिक अध्येताको फेलोसिपस्वरूप विहारीले ५० लाख रुपियाँ सोसल साइन्स वहाःलाई दिएका छन्। यो मुलुकमा विहारीभन्दा धनीमानी थुप्रै छन्। तिनीहरूले निकाल्ने भनेको हजारदेखि लाखसम्म हो। विहारीले दिएको रकम आधा करोड हो। तर, पत्रपत्रिकामा समाचार आयो, पासपोर्ट हराएको सूचनाजत्रो। उनले 'हाइलाइट' हुनका लागि त्यस्तो काम गरेकै होइनन्। भन्छन्, "त्यो बैंकमा त्यत्तिकै थन्किएको पैसा हो, बाँकी जिन्दगीमा त्यो पैसा मलाई चलाउनु पनि थिएन।"
निर्भीक र स्पष्टवक्ता लाग्छन्, विहारी। जातीय संघीयताभन्दा विकेन्द्रीकरण नै ठीक भन्ने दुस्साहस उनले गरेका छन्। उनको भनाइमा जातीय संघीयता जुनसुकै रूपमा अनिष्टकारी छ। कानुन अनुसार मामाचेला, फुपूचेलीको विवाह गर्न पाइँदैन। केही समुदायले त्यो आत्मनिर्णयको अधिकार पाइरहेकै छन्।
भारतलाई उनी नेपालको हितैषी मान्दैनन्। "कुरा कति मिटर कपडा वा कति जोर जुत्ता होइन," उनी भन्छन्, "क्षमता, आम्दानी र रोजगारी भयो भने अमेरकिीहरू नै यहाँ सामान बेच्न आइपुग्छन्।" राजा महेन्द्रको गुणगान जति गाए पनि हुने उनको धारणा छ। "यहाँका राजनेता भनेका महेन्द्र र विश्वेश्वर (कोइराला) हुन् तर महत्त्वाकांक्षी राजाले विश्वेश्वरलाई मन पराएनन्," उनी भन्छन्, "महेन्द्र नभएका भए अहिले हामी हिन्दीमा कुरा गररिहेका हुन्थ्यौँ, जनगणमन हाम्रो राष्ट्रिय गान हुन्थ्यो।"
विहारी बंगला सिड्नी अपेराको डिजाइनमा छ। काठमाडौँका बहाल छिरेजस्तो साँघुरो गल्ली अनि खुला ठाउँ। अमेरिकी मानवशास्त्री साथीका पतिले 'निओ नेवार आर्किटेक्ट' गरिदिएका रहेछन्। "कुनै बेला अरू तलबको आशामा हुन्थे, म घरबहालको पर्खाइमा हुन्थेँ," उनी सम्झछन्, "यही डिजाइनकै कारण घर कहिल्यै खाली नहुने।" आम्स्टर्डमको रेडलाइट एरिया घुम्ने लोभमा जहाज अपहरणमा पर्दा त्यसबापत पाएको क्षतिपूर्तिले जग्गा किनेका रहेछन् उनले।
'डर्माटोलोजिस्ट' हीरामनसँग दोस्रो दाम्पत्य बिताउँदै छन् विहारी। पहिली पत्नीको निधनपछि उनी डाक्टरसँग नजिकिएछन्। सात वर्ष सँगै बसेपछि सन् २००० मा घरजम गरे। यो दुवैको पहिलो बिहे होइन।
बिहारीका दुवै छोरी विदेशमा छन्, छोराको खबर उनलाई पनि थाहा छैन। दुई छोरीकी आमा हीरामन उनकी पि्रय डाक्टरसा'ब हुन्। "पहिले स्वास्थ्य मन्त्रालयमा भेट्न आउँदा म उहाँलाई पाल्नोस्, डाक्टरसा'ब भन्थेँ," उनी भन्छन्, "अहिले तिमी वा तँ भन्ने अधिकार मैले कसरी पाउँछु ?"

.jpg)
टिप्पणियाँ
एक टिप्पणी भेजें