शान्त विद्रोही
~ राजकुमार बानियाँ
ओछयानमा एक जना तालुचिन्डे बूढा बसेका छन् । धर्के लुंगीभन्दा माथि उनले केही लगाएका छैनन् । बगलमा किताब र पत्रपत्रिका छरपस्ट छन् । सेतो झूल एक छेउमा थन्किएको छ । घरी फोन त घरी हातेफोनले बोलाइरहेको छ । फोनमा होस् वा वरपरि धुइरिएका धुस्रेफुस्रे अनुहारहरुको समस्या पालैपालो ध्यानपूर्वक सुनिरहेका छन् ।
खासमा भूपू मन्त्री मात्र हुन्, भीमबहादुर तामाङ । काठमाडौँ, सीडीओ टोलको एउटा घर (कोठा भने पनि हुन्छ) मा छन् । आजीवन दीनदुःखीका माझ रहन रुचाउने तामाङका बारेमा अहिले पनि सहरमा थुप्रै गसिप चलिरहेका छन्– पहिलो राष्ट्रपतिमा उठाउन खोजिएका भीमबहादुर नआएपछि रामवरण यादवलाई चिट्ठा प¥यो ।
नेपाली काग्रेसले जनजाति नेता भएर होला, भीमबहादुरलाई त्यस्तो प्रस्ताव गरेको रहेछ । तर, उनले राष्ट्रपतिको ऐतिहासिक जिम्मेवारी सम्हाल्ने त के, सोच्नसमेत सकेनन् । भन्छन्, “मैले कहिल्यै पदको रहर गरिनँ । पदबाहिर रहँदा नै म स्वतन्त्रता अनुभव गर्छु ।” प्रोटोकल झेल्न सकस हुन्छ रे उनलाई । टेम्पो, माइक्रोबस अनि पैदल हिँड्दा सर्वसाधारणसित हाई–हेलो गर्नुमा जति मज्जा अरुमा उनले देखेका छैनन् । कतिसम्म भने, कार चढ्दासमेत जनताको धरातल बिर्सिइने त्रास हुन्छ रे ।
हो, कुनै बन्धन स्वीकार गर्दैनन् भीमबहादुर । सबैभन्दा प्यारो छ, स्वतन्त्रता । थप्छन्, “मलाई डेकोरेटिभ लाइफ स्टाइल बडो झन्झटिलो लाग्छ । प्रताडना लिएर बाँच्नुभन्दा बिखर्ची भएर हिँड्नु नै जाती ।“ आजीवन निष्ठाको राजनीति गरिरहेका भीमबहादुरले लोक–वितृष्णा राम्ररी बुझेका छन् । भन्छन्, “राजनीतिमा मूल्य–मान्यता र लोकलाजको ख्याल गरिएजस्तो लाग्दैन ।“
काग्रेसका पुराना र समर्पित नेता भीमबहादुर मुलुकमा गणतन्त्रले बाटो समाए पनि धेरै विश्वस्त हुन सकेका छैनन् । नयाँ पुस्तासमेत सहरवादी हुँदै गएकाले उनलाई खिन्न बनाएको छ । भन्छन्, “हाम्रा विद्यार्थी संगठन सहरमा केन्द्रित छन् । सहरको सानो कोटरीमा दाउ लगाउने, अमूक छोटे सम्राटलाई रिझाउने र त्यसबाटै नेतृत्वको पहिचान हुने स्थिति छ । यो पुस्तकालयको साटो मुकाममुकाममा मन्दिर बनाउने पञ्चायत प्रवृत्तिकै निरन्तरता हो ।“
सबैभन्दा ठूलो हैसियत राख्ने कांग्रेस दोस्रो स्थानमा थन्केको छ अहिले । तर, कांग्रेस सुकिलामुकिला र भुइँफुट्टा वर्गको पोल्टामा गएको भन्नु भीमबहादुर तामाङलाई स्याल हुँइया मात्र लाग्छ । उनको भनाइमा काग्रेसको आङ्खनै संस्कृति छ । भन्छन्, “कांग्रेसमा बहुमतलाई ओझेल पारिएको होला । कांग्रेस आध्यात्मिक चिन्तनमा आधारित छ । तर, त्यो अध्यात्म धर्मकर्म वा भजन कीर्तन होइन । शान्त भएर बाँच्ने अनि अर्काको मनचिन्ते झोली पनि भरिदिने ।“
सात साले जनक्रान्तिको प्रभावमा कांग्रेसको चारतारे झन्डामुनि गोलबद्ध भएका हुन् भीमबहादुर । त्यतिबेला कांग्रेसको मुखपत्रमा लेखिएको हुन्थ्यो रे, भात र चिउरामा के फरक छ ? चिउरा किन नछोइने र भात किन छोइने ? थाक्सेको पानी पिउन हुने र दलितको पानी किन पिउन नहुने ? भन्छन्, “धनमान परियारलाई महामन्त्री बनाउने पार्टीलाई राम्रो नलागोस् ।”
त्यागी नेता भीमबहादुर तामाङ आफूलाई ७३ वÈेर्का ठान्छन् । तर, त्यसमा अलिकति बढाइदिए पनि हुन्छ । आङ्खनै जन्ममितिबारे यकिन छैनन् । कसैले बूढो भनिदिँदा पनि पटक्कै संकोच लाग्दैन । भन्छन्, “चिनाटिपन हराएकाले कुन साल हो थाहा छैन ।“ उनले जन्ममिति बरु थाहा पाएका छैनन् तर २०१४ फागुन २९ गते बिर्सेका छैनन् । किनभने, त्यसै दिन उनले नेपाली कांग्रेसको चौवन्नी सदस्यता लिएका हुन् । भन्छन्, “१५ वर्Èभत्र सबै नेपालीलाई आफूजस्तै मध्यमवर्गीय तहमा पु¥याउने, सबैले दूध खान पाउने, केटाकेटीले पढ्न र औÈधोपचार गर्न पाउने सपना थियो बीपी कोइरालाको । हामी युवा–गुरिल्ला भएर त्यही सपनाको पुलिन्दासहित गाउँ घर पुगेका थियौँ ।“
०१५ सालको आमचुनावका बेला पूव २ नं (रामेछाप, सिन्धुली र दोलखा) मा नारा भट्याउने काम उनकै थियो । कांग्रेसको प्रतिद्वन्द्वी कम्युनिस्ट नभएर दरबारको इसारामा खुलेको गोर्खा परिÈद् थियो । त्यस्ता पार्टी परिवर्तनको भेलमा कता बिलाए कता । लगत्तै राजा महेन्द्रले पञ्चायती कुशासन लादे । जनतामा त्यसको के सन्देश गयो भने, देश राजाको मुट्ठीमा छ । राजाले चाहे जे पनि हुन्छ । विमति राख्ने कि जेल जान्छन् कि त निर्वासन । त्यसरी सुरु भयो भीमबहादुरको भूमिगत राजनीति । भन्छन्, “भूमिगत काम गर्नु रमाइलो त हो । बस् कानेखुसी गरे पुगिहाल्यो । तर, कमसल वा असलको छलफल नै नहुने ।“
आठ वर्È भारतमा निर्वासन र साढे चार वर्È लगातार जेलमा बिताए उनले । भन्छन्, “जेलमा मानसिक ह्याङओभर के हुन्थ्यो भने, म थुनिएको छु । धैर्य, अडान र अगम साहस राख्न नसक्ने हो भने जेलमा टुट्ने प्रक्रियालाई रोक्न सकिँदैन ।“ जेलमा राजनीतिक चिन्तन मात्र गरेनन्, रक्सी पिउन सिकेछन् उनले । रक्सी गुरुचाहिँ कृष्णप्रसाद भट्टराई रहेछन् । भन्छन्, “त्यसबेला जेलमा समेत रक्सी पुगेको हुन्थ्यो ।”
बीपी कोइरालाको सरल जीवनदर्शनबाट प्रभावित छन् भीमबहादुर । भन्छन्, “राजनीतिक दिशाबोध मैले बीपीबाट पाएको हुँ । निर्वासनमा रहँदा बीपीले गरेका कुरा मैले बुझ्न थालेको छु । लाग्दैछ, बीपीको मानसिक उमेरमा बल्ल पुगेको छु ।“ बीपीले उनको यसरी मूल्यांकन गरेका छन्, “क्रिस्चियन मिसनरीहरुजस्तै हो भीमबहादुर, केही इच्छा नराख्ने, सेवा मात्रै गरिरहने ।“
बीपीले बेलायत जानुअघि र्दुई सय रुपियाँ दिएछन् उनलाई । फर्किएपछि सोधेछन्, “मैले दिएको पैसा के ग¥र्यौ त ?” जवाफ दिए, “खर्च गरेर सकियो ।“ फेरि सोधेछन्, “त्यति धेरै पैसा केमा खर्च ग¥र्यौ ?” अनि, नाजवाफ भीमबहादुरलाई भनेछन्, “तिमीले पैसाको सदुपयोग गर्न जानेनौ ।“ उनी त्यही वाक्यलाई आदर्श बनाएर बाँचेका छन् । घर–गाडीजस्ता सुविधाबाट टाढा रहेर इमानदारीलाई नै आफ्नो चेकबुक बनाएका छन् । बीपीको प्रसङ्ग उनलाई सबैभन्दा रुचिकर छ । भन्छन्, “बीपी कनिकुथी लेख्ने मान्छे थिएनन् । तर, घोडादौडमा लेखे पनि साह्रै बान्की परेको हुन्थ्यो ।“
जहिल्यै गाउँलाई नै राजनीतिको आधार बनाए भीमबहादुरले । कहिले स्वयंसेवी शिÔक भएर त कहिले विद्यालय खोलेर सेवा गरे । यति हुँदाहुँदै पनि गत वैशाखमा सम्पन्न चुनावमा संविधान सभासद्को प्रमाणपत्र पाएनन् । चिनी रोगले सताएर इन्जेक्सन लिइरहँदा पनि पार्टी ६०–४० को अंशबन्डा र चलखेल भएकाले उनले समानुपातिकतिर पर्खिन ठीक ठानेनन् । भन्छन्, “मेरो हारजितको अभियान थिएन । मैले जनतालाई संविधानसभाबारे भन्नु थियो, ५०–६० वर्Èसम्म राजाहरुले हामीलाई सञ्चो भएर बस्न दिएनन् । अहिले आफनो संविधान आफै लेख्ने महान् अवसर आएको छ ।” आफ्नो राजनीतिक समर्पणका कारण चुनावमा विपÔीहरुले माटोको डल्लासमेत फ्याँक्न नसकेको उनको बुझाइ छ ।
त्यसो त पञ्चायतकालमा राजा महेन्द्रले उनलाई निर्देशन अफिसर नदिएका होइनन् । तर, उनले अराष्ट्रिय तत्त्व (त) बनेर व्यवस्थाविरोधी कठोर सङ्घर्Èको मैदान रोजे । राजनीतिमा चुर्लुम्म डुबेर उनले घरबार सम्हाल्न सकेनन् । भन्ने हो भने, अहिले उनको काठमाडौँ बसाइ शरणार्थीजस्तै छ । वरिष्ठ अधिवक्ता एवं सभासद् राधेश्याम अधिकारीको घरको एक कोठामा उनको गुजारा चलेको छ ।
भीमबहादुर तामाङ नितान्त एक्ला छन् । एक्लै बस्ने बानी परिसकेको छ । तर, एक्लोपनभित्रै स्वतन्त्र अनुभव गरेका छन् । सुनाउँछन्, “एक्लो मान्छेका चाहना धेरै हुँदैनन्, कसैलाई रिझाउनु पनि पर्दैन ।“ त्यसो त भीमबहादुर कुनै कुमार पुरुÈ होइनन् । कृÈि गृहस्थी मान्यता अनुसार ५१ वर्Èअघि एक वर्È कान्छी मोतीमायासित मागी विवाह भएको थियो उनको । तर, अहिले उनीसँग मोती पनि छैन, माया पनि छैन ।
त्यसो त तामाङ दम्पतीका छोराछोरी नभएका होइनन् । छोरी बिहेवारी गरेर आफ्नै घरसंसारमा रमाएकी छन् भने छोरा देशबाहिर घरज्वाइँ बसिरहेका छन् । अहिले त सम्पर्कसमेत छैन रे । जेल परेका बेला मोतीमायालाई बिदा गरेका भीमबहादुरले दोस्रो विवाहबारे सोच्दा पनि सोचेनन् । दाम्पत्य जीवनको कचिंगल नजिकबाट देखेकाले फेरि अर्को कष्ट उठाएनन् । भन्छन्, “जीवनको बटमलाइनलाई नजिकबाट नियालेँ मैले । जेलभित्र र बाहिरको मेरो दिनचर्या मिल्दाजुल्दा छन् ।“ कहिलेकाहीँ नेता–कार्यकर्ताको भीडबाट सताइएजस्ता पनि लाग्छन् । सुनाउँ छन्, “कहिलेकाहीँ त हल्लाखल्लाले मानसिक बिरामीजस्तो लाग्छ ।“
जन्मेको छ महिनामा मातृÔति बेहारेका र दार्जीलिङमा हजुरबाको आश्रयमा हुर्किएका भीमबहादुर धर्मभीरु होइनन् । तर, अरुको राम्रो चिताउनुलाई नै धर्म सम्झन्छन् । किताबी संसार, बाल संसार र हरित संसार उनका रमाइला भूगोल हुन् । बोटबिरुवाको हेरचाहमा लाग्न पाउँदा उनलाई स्वर्गीय अनुभव हुन्छ । नेपाल कंगाल त हुँदै हो । भीमबहादुर आफूचाहिँ कंगाली नेता कसरी हुन पुगे ? गरिबी उनको नियति हो कि रोजाइ ?
बीपीले भनेका रहेछन्, दुई जोर लुगा भए पुग्छ । उनको विचारमा युवाहरु विलासी हुँदै गएका छन्, विलासीपनले भ्रष्टाचारलाई आड पु¥याउँछ अनि त्यसले मान्छेलाई अर्कै बनाउँछ । संस्थागत मान्यतामा आँधीबेहरी ल्याउने राजनीतिक नेतृत्वको उदय नभएको उनको निष्कर्È छ । अहिलेका माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईको रुसी स्टालिन र ट्राटस्कीसित तुलना गरेका छन् उनले । भन्छन्, “ट्राटस्की नमरेसम्म स्टालिन सन्चोले सुतेनन् ।“
गैरसरकारी संस्थाहरुको भूमिका कति छ त देश निर्माणमा ? उनको भनाइमा एनजीओहरु चेतना जगाउनभन्दा उत्तेजना फैलाउन सक्रिय छन् । अनि, नयाँ नेपाल बन्छ कसरी ? गरिबी, अशिÔा हटाउने सामाजिक–सांस्कृतिक आन्दोलनको खाँचो देखेका छन् उनले । भन्छन्, “जस्तो विनोवा भावेको भूदान यज्ञ ।“
ढल्कँदै गएको उमेरको उनलाई पर्वाह छैन । छ भने, सफेद व्यक्तित्वमा दाग लाग्ला भन्ने मात्र हो । भीमबहादुरलाई आफनाबारेमा लेख्न र बोल्न लाज लाग्छ । तर, उनलाई जीवनी लेखाउनुभन्दा आत्मकथामा मनको बह पोख्नु ठीक लाग्छ । बर्टन्ड रसेलको आत्मकथाको एक प्रसङ्ग सुनाउँछन्, “यहुदी र अंग्रेजहरु जर्मन स्वास्नी पाउनुमा नै गौरव गर्छन् । माक्र्स र डीएच लरेन्स यसका उत्तम नमुना हुन् ।“ नेपालमा पनि ००७ सालपछि बिग्रेका राणाहरुका बूढीकन्याहरुलाई तराईका जमिनदार र पहाडका सामन्तहरुले भित्रयाएको उनको भनाइ छ ।
यी भीमबहादुर तामाङ बुद्ध, गान्धी या मण्डेला केही पनि होइनन् । तर, उनमा तिनको केही अंश अवश्य छ । खासमा उनी शान्त विद्रोही हुन् । उनमा सत्याग्रह छ । भन्छन्, “म स्वर्गीय कल्पनाको पछि कहिल्यै लागिनँ । देश एक्लै बनाउने पनि होइन । मैले आफूलाई मानसिक सान्त्वना दिनसकेको छु । आफनो राजनीतिक यात्रालाई असफल ठान्दिनँ ।”
प्रकाशित मिति : 2008-08-03
टिप्पणियाँ
एक टिप्पणी भेजें