संदेश

2013 की पोस्ट दिखाई जा रही हैं

शान्त विद्रोही

~ राजकुमार बानियाँ ओछयानमा एक जना तालुचिन्डे बूढा बसेका छन् । धर्के लुंगीभन्दा माथि उनले केही लगाएका छैनन् । बगलमा किताब र पत्रपत्रिका छरपस्ट छन् । सेतो झूल एक छेउमा थन्किएको छ । घरी फोन त घरी हातेफोनले बोलाइरहेको छ । फोनमा होस् वा वरपरि धुइरिएका धुस्रेफुस्रे अनुहारहरुको समस्या पालैपालो ध्यानपूर्वक सुनिरहेका छन् । खासमा भूपू मन्त्री मात्र हुन्, भीमबहादुर तामाङ । काठमाडौँ, सीडीओ टोलको एउटा घर (कोठा भने पनि हुन्छ) मा छन् । आजीवन दीनदुःखीका माझ रहन रुचाउने तामाङका बारेमा अहिले पनि सहरमा थुप्रै गसिप चलिरहेका छन्– पहिलो राष्ट्रपतिमा उठाउन खोजिएका भीमबहादुर नआएपछि रामवरण यादवलाई चिट्ठा प¥यो । नेपाली काग्रेसले जनजाति नेता भएर होला, भीमबहादुरलाई त्यस्तो प्रस्ताव गरेको रहेछ । तर, उनले राष्ट्रपतिको ऐतिहासिक जिम्मेवारी सम्हाल्ने त के, सोच्नसमेत सकेनन् । भन्छन्, “मैले कहिल्यै पदको रहर गरिनँ । पदबाहिर रहँदा नै म स्वतन्त्रता अनुभव गर्छु ।” प्रोटोकल झेल्न सकस हुन्छ रे उनलाई । टेम्पो, माइक्रोबस अनि पैदल हिँड्दा सर्वसाधारणसित हाई–हेलो गर्नुमा जति मज्जा अरुमा उनले देखेका छैनन् । कतिसम्म भने, कार चढ...

मणि ग्यालरी

चित्र
राजकुमार बानियाँ ठमेल ठेगानाको पम्परनिकल बेकरी एउटा ग्यालरीजस्तो लाग्छ। चिल्ला भित्तामा मझौला फ्रेमहरू औधी सुहाएका छन्। झट्ट हेर्दा पेन्टिङ्जस्ता लाग्ने यी फोटोहरूलाई क्याप्सन चाहिँदैन। मानिस, प्रकृति, प्रेम अनि स्वतन्त्रताका विम्बहरू छन् फोटोमा। तिनमा बेग्लै सौन्दर्य छ। आँखा फ्रेमबाहिर कतै जाँदैन। फोटो र कलाको सुन्दर 'कम्पोजिसन'। दामोदर कुण्ड, कागबेनी, उत्तर कैलाश, तेङबोचे, मनास्लु आदि फोटोमा खुब टोलाउँछन् पर्यटक। तिनका पारखी आँखा कसै गरी अघाउँदैनन्। यसरी झुक्याउने आर्ट-फोटो खिच्छन्, मणि लामा, ६७। यी चुल्ठे मणिको हुलिया पनि पेन्टरको जस्तो छ। उनका 'पर्फ]{ट सट'का बारेमा स्वदेशीभन्दा विदेशीहरू 'अपडेट' छन्। काठमाडौको बौद्धमा चिनियाँ लामा परिवारमा जन्मेका हुन्, मणि। उनका बाबु पुण्यज्वाला बौद्धका पुजारी रहेछन्। लाग्छ, फोटोग्राफीमा उनको सोख जन्मजात हो। १३, १४ वर्षको उमेरमै उनले कोडाकको बक्स क्यामरा चलाएका रहेछन्। बौद्धबाट मखनसम्म एक घन्टा हिँडेर फोटो धुलाएको अनुभव छ, मणिसँग। त्यतिखेर चल्तीमा थियो, तलेजु मन्दिरको उत्तरतिर फर्केको राज फोटो स्टुडियो। एक रोलक...

गोविन्द पासा

चित्र
~  राजकुमार बानियाँ हरदम किताबकै थाकमा हुन्छन्, गोविन्दप्रसाद श्रेष्ठ, ५९। त्यसैले किताबी लत लाग्ला भन्ने डर लाग्छ, कहिलेकाहीँ। रत्न पुस् तक भण्डारका प्रमुखले किताब पढ्ने कि बेच्ने? हिमालयन बुक्सका प्रोपाइटर काका शिवरामबाट उनले प्रशस् त 'आइडिया ' लिएका छन्। किताबको गुदीभन्दा 'टाइटल ', 'गेट अप ', 'पि्रन्ट ' र 'प्राइस 'लाई महत्त्व दिन्छन्। कुन किताब कुन कुनामा छ, त्यो ख्याल छ। निजी क्षेत्रको पुरानो प्रकाशनगृह रत्न पुस् तक उनकै नेतृत्वमा छ। तर, उनको कुनै औपचारकि पद छैन। कसै कसैले उनलाई प्रबन्ध निर्देशक पनि भन्छन्। तर, उनी आफूलाई कारिन्दा मात्रै ठान्छन्। उनका बाबु, बाजेले साहूमै चित्त बुझाए। भन्छन्, "मलाई औपचारकिता अप्ठ्यारो लाग्छ।" बाजे साहू रामदासलाई उनले देख्न पाएनन्। बाजे परलोक भएको एक वर्षपछि उनी जन्मेका हुन्। साँझपख मखनको मिठाई पसल बन्द गरेपछि रामदास पोको बोकेर हिँड्दा रहेछन्। रानीपोखरीनेर सोह्रहाते गणेशस् थानअगाडि फुटपाथमा देवीदेवताका फोटो, फ्रेमम अनि भजन र कर्मकाण्डका पुस् तक फिजाउँदा रहेछन्। उनलाई पछ्याउँदा रहेछन्, छ...

I'M A DREAMER

चित्र
~JOHN LENNON Imagine there's no heaven It's easy if you try No hell below us Above us only sky Imagine all the people living for today Imagine there's no countries It isn't hard to do Nothing to kill or die for And no religion too Imagine all the people living life in peace You, you may say I'm a dreamer, but I'm not the only one I hope some day you'll join us And the world will be as one Imagine no possessions I wonder if you can No need for greed or hunger A brotherhood of man Imagine all the people sharing all the world You, you may say I'm a dreamer, but I'm not the only one I hope some day you'll join us And the world will live as one

Lyrics : Country Roads

चित्र
Song writers: DENVER, JOHN / DANOFF, BILL / NIVERT, TAFFY Almost heaven, West Virginia  Blue Ridge Mountains, Shenandoah River Life is old there, older than the trees Younger than the mountains, blowing like a breeze Country roads, take me home To the place I belong West Virginia, Mountain Mama Take me home, country roads All my memories, gathered 'round her Miners' Lady, stranger to blue water Dark and dusty, painted on the sky Misty taste of moonshine, teardrop in my eye I hear her voice, in the morning hour she calls me The radio reminds me of my home far away And drivin' down the road I get the feeling That I should have been home yesterday, yesterday 

बदनाम प्यारो

चित्र
~राजकुमार बानियाँ ढोकामै छ, अर्धनारीश्वरको मूर्ति। गोप्य अंग बोराले छोपिएको अवस्थामा। पुरुष र महिलाको आलिंगनजस्तो लाग्ने सातफिटे मूर्ति म्युजियम र फोटोमा त होला। कसैको निजी निवासमा छैन। काठमाडौँ, घट्टेकुलोस्थित आफ्नो घरमा रहेको यो अवतारमा नारी-पुरुष समानता देख्छन्, लेखक/चिन्तक पुष्कर लोहनी, ७५। शिवशक्ति रूपका यी उपासकलाई मूर्ति अझै अधुरो लाग्छ। भन्छन्, “मैले भनेजस्तो सिंह र गोरुको टाउको बनाउन नसकेपछि मूर्तिकार नै भाग्यो।” लेखनकै कारण पद, प्रतिष्ठा, पुरस्कार र सम्मान पाउने थुप्रै छन्। लेखनकै कारण बदनाम छन्, पुष्कर। उनी यौनबाहेक अरू लेख्दैनन्। “५० वर्षदेखि साहित्यमा अविराम यौन लेख्दै आएको छु,” उनी भन्छन्, “अब अरू विषयमा लेख्न थाले पाठकले नै अस्वाभाविक नमान्लान् ?” सेक्स लेख्दालेख्दै अब त उनी आफैँ सेक्स सिम्बोल भइसकेका छन्। “प|mायड भन्नेबित्तिकै यौन, यौन भन्नेबित्तिकै प|mायड,” उनी स्वीकार्छन्, “पुष्कर लोहनी भन्नेबित्तिकै सेक्स सिम्बोल, सेक्स सिम्बोल भन्नेबित्तिकै पुष्कर लोहनी।” ‘माक्र्सवादी स्कुलमा जन्मेको प|mायडिस्ट।’ राजनेता बीपी कोइरालाको भनाइ सम्झना छ, पुष्करलाई।...

सक्कली सर्वहारा

चित्र
राजकुमार बानियाँ सर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनिएक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर िजेनतेन जीवन धान्दैछन् । तर, आप\mनो समर्पणमा कुनै असन्तुष्टि छैन । भन्छन्, "राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।" जीवन शर्मा जन्मजात सर्वहारा होइनन् । तर, सर्वहाराका गीत गाउँदागाउँदै 'सर्वहारा' बन्न पुगेका छन् । स्वीकार्छन्, "पहिले म सर्वहारा थिइनँ, अरूका लागि गाउँथँे, अहिले म सर्वहारा भएँ, आप\mनै लागि गाउँदैछु ।" सर्वहारा वर्गका निम्ति गाएर त्यसै वर्गमा समाहित हुन पाउनुमा उनले गौरव नै गरेका छन् । सम्पत्तिका रूपमा अब उनीसित जनताको माया मात्र छ । पारविारकि अंशका रूपमा पाएको चितवनको घडेरी जनताको गीतको सङ्ग्रहालय बनाउने क्रममा बेचे उनले । तर, मुलुकमा लागेको सङ्कटकालले नेपाल सांस्कृतिक प्रतिष्ठान नामक संस्थाका साथै जीवन शर्माको पुख्र्यौली झिटी पनि रहेन । चित्त बुझाउँछन्, "नेपालमा राम्रो काम...

साठी वर्षे ‘जेन्टलम्यान’

चित्र
~ राजकुमार बानियाँ म कुनै साहित्यकार होइन । लेखपढमा रुचि राख्ने भएकाले लेखक या पाठक पक्कै हुँ । अखबारमा जागिरे भएकाले अन्तर्वार्ता लिइदिने व्यक्तिचित्र बनाइदिने या किताब समीक्षा छापिदिने फर्माइस थुप्रै आउँछन् । यस्तो फर्माइस पूरा गर्न त मुस्किल छ नै, टार्न पनि सकस छ । म आफूलाई अलि एकलकाँटे पनि ठान्छु । भीडमा मेरो खास रुचि छैन । भीडमा या एकान्तमा पनि चतुरहरुले ‘कन्डोम’ बनाइदिएको अनुभव छ । चर्चा यन्त्रमा खुम्चिनु महान् दुःख हो । कहिलेकाहीँ त लाग्छ भुरेटाकुरे लेखकहरुका बारेमा लेखेर मेरो यौवन सकिएको छ । भक्तपुरे मुकुन्द पोखरेललाई ‘साहित्यकार’ भन्न मलाई गाह्रो लाग्दैन । किनभने उनका कविता र निबन्धका दुई थान किताब मैले अद्योपान्त छिचोलेको छु । व्यक्तिगत रुपमा पनि पोखरेल मलाई ‘जेन्टलम्यान’ लाग्छ । त्यही विनम्रताका कारण होला मजस्तो अल्छीले पनि केही हरफ लेख्न लागॆको छु । नेपाली साहित्यमा कि महान् भन्ने भेटिन्छन् कि खत्तम भन्ने । तर म त्यसबीचको केही शब्द खोज्न चाहन्छु । मुकुन्द पोखरेल देवकोटा जस्ता भएनन् भूपिजस्ता बनेनन् या रिमालजस्ता बनेनन् भनेर आलोचना गर्नुको म कुनै...

फिनिक्स कवि

चित्र
~ राजकुमार बानियाँ ‘साहित्य अकादमी पुरस्कार पेन्सनपट्टाजस्तो’ एनसेल नेपाल लिटरेचर फेस्टिबलको ‘ह्याङ्ओभर’मा छ, काठमाडौँ। प्रज्ञा-प्रतिष्ठानको आँगनमा भारतका विनोद मेहता, अमिश त्रिपाठी, अद्वैता कला र मनप्रसाद सुब्बाको कद एउटै थिएन। यति हुँदाहुँदै पनि दार्जीलिङवासी नेपालीभाषी सुब्बा टड्कारो देखिने  नै भए। तिनीसँग एकछिन गफिने मोड खोज्दाखोज्दै कुनै सूत्रले गोप्य प्रसंग सुनाइदियो, “कवि त नागार्जुन डाँडातिर डेटिङ्मा गएका छन्।” अब नपछ्याएर भयो ? दार्जीलिङ् हिँड्ने अघिल्लो रात उनले समय मिलाए। हस्याङफस्याङ गर्दै पुतलीसडकको होटल तिरुपति, कोठा नम्बर ३०२ मा पुर्‍याए। “दिउँसोको घुमघाम कस्तो रह्यो त ?” हँसियाजस्तो धारलिो प्रश्नमा चकलेटी जवाफ आयो, “अँ, ओशो तपोवनतिर इन्गेजमेन्ट थियो।” यी त साँच्चै रोमान्टिक कवि रहेछन्। डेटिङ् र इन्गेजमेन्टका भाषा बोल्ने कविको उमेर कति होला ? मात्र ६० वर्ष। फेसनको सहर दार्जीलिङका यी टिपटप कविको हुलिया प्लस टूका विद्यार्थीको जस्तो छ। उनको पहिरन, अनुहार र हाउभाउले ६ दशकको इतिहास लुकाएको छ। अझ टिसर्ट र जिन्समा ठाँटिँदा त उनलाई कसैले बूढापाका भन्न सक्दैन। ...