संदेश

मई, 2016 की पोस्ट दिखाई जा रही हैं

पाँचतारे सेलिब्रिटी

चित्र
- राजकुमार बानियाँ आफूले खाना खुवाएका राष्ट्राध्यक्ष, सरकारप्रमुख, धनाढ्य, व्यापारी, सेलिब्रिटी, पत्रकारजस्ता हाई प्रोफाइलको लामो सूची छ, मास्टर सेफ गोविन्दनरसिंह केसी, ५८, सँग। पाँचतारे होटल सोल्टीदेखि अन्नपूर्णसम्म ३७ वर्ष भान्सा सम्हालेका गोविन्दलाई के ख्याल छ भने पाहुनाहरू सानातिना झमेला चाँडै बिर्सन्छन्, त्यहाँ खाएका परिकारको स्वादले भने जिब्रोलाई जहिल्यै सताइरहन्छ। सेफ 'करिअर'मा 'रोल मोडल' बनिसकेका गोविन्द पाँचतारे भान्साको सबैभन्दा माथिल्लो तह एक्जुकेटिभ सेफ बन्न सफल पहिलो नेपाली मानिन्छन्। सन् २००१ मा होटल सोल्टी क्राउन प्लाजाले उनलाई त्यो उपाधि दिएको हो। संयोग के भने पाँचतारे होटलका उच्च स्थानमा उनका फलोअर या जुनियर नै पुगेका छन्। होटल म्यानेजमेन्ट कलेजले यिनै पाँचतारे सेलिब्रिटीलाई खोज्छन्। लहैलहैमा सेफ बन्न पुगेका रहेछन् गोविन्द। ब्रिटिस लाहुरे साथी भरतकृष्ण रानाले उक्साएछन् एकपटक, होटल लाइनमा छिर्‍यो भने संसार घुम्न पाइन्छ भनेर। त्यही सपनामा सरस्वती कलेजबाट आईए सकेलगत्तै 'फुड प्रिपरेसन एन्ड क्वालिटी कन्ट्रोल कोर्स' गरेछन् र ...

नेपाली 'नर्गिस'

चित्र
- राजकुमार बानियाँ महानगरीय होहल्ला र उकुसमुकुस छ पर्खालबाहिर। भित्र यति शान्त र रमणीय इलाका होला भनेर पत्याउनै मुस्किल। जताततै वसन्त ऋतुका चराहरू चिरबिराइरहेका छन्। लतालहराहरू पुष्पित र पल्लवित छन्। बुट्टे झ्यालहरू गनेर सकिँदैनन्। विदेशी पाहुनाहरू यतै टहलिरहेका छन्। विश्व सम्पदामा सूचीकृत दरबार स्क्वायरको झझल्को दिने होटल द्वारकिाज प्रचलित भाषामा हेरटिेज प्लाजा हो। नेपाली शैलीको आर्किटेक्ट डिजाइन भएको यो होटलका बारेमा विदेशी अखबार, म्यागेजिन, टेलिभिजनले केही न केही लेखेकै हुन्छन्। डकुमेन्ट्री उत्तिकै बनेका छन्। केही समयअघि क्यानडा पुग्दा बोल्ड एन्ड ब्युटिफुल पर्सनालिटी अम्बिका श्रेष्ठ, ८१, लाई एक जनाले खुसुक्क भनेछन्, 'मैले तिमीलाई टीभीमा देखेकी थिएँ।' कति देखाइसकेका छन् भने अम्बिकाले आफूलाई चिनाउनु पर्दैन, सजिलै चिनिहाल्छन्। संस्थापक अम्बिका होटल सञ्चालन भएको ४४ वर्षपछि बल्ल 'पाँच तारा' लिने प्रक्रियामा गएकी छन्। तर, काठमाडौँका पाँचतारे होटलभन्दा महँगो छ, द्वारकिाज। रोयल सुइटको शुल्क रातकै १८ सय अमेरकिी डलर छ। "तैपनि, हाई लेभल विदेशी ...

स्वास्थ्य साधक

चित्र
- राजकुमार बानियाँ सेतो टोपी, सेतो कुर्ता, सेतो सुरुवाल, सेतो जुत्ता, सेतै दाह्री। यी श्वेत वस्त्रधारी कसैलाई हिन्दु लाग्न सक्छ त कसैलाई मुसलमान, कसै कसैलाई इसाई पनि लाग्न सक्छ। किनभने, यो कुनै घेरा नकोरएिको प्रतीकशून्य साझा रंग हो। यसमा सबै रंग अटाउँछन् र सबै रंग बिलाउँछन् पनि। शिरदेखि पाउसम्म सेतो वस्त्र लगाएर सदाचार, सरलता र सात्विकताको सन्देश दिने प्रख्यात प्राकृतिक चिकित्सक हरपि्रसाद पोखरेल, ५०, राजधानीमा प्रायः पैदल यात्रामै भेटिन्छन्। बिरामीले बाटोमै रोक्छन्, रपिोर्ट देखाउँछन् र निःशुल्क परामर्श लिन्छन्। त्यसरी हजारौँ हजार बिरामी हेरसिकेका छन् उनले। त्यसैले त उपनाम पनि पाएका छन्, जीवित अस्पताल। पुस्तकमा वणिर्त चिनियाँ खालीखुट्टे डाक्टरलाई सम्झाउने हरपि्रसादको चिकित्सा सुई, गोली र शल्यक्रियाविहीन प्राकृतिक उपचार पद्धति हो। यसमा पानी, माटो, बाफ, मालिस र योगाभ्यास नै पर्याप्त छ। खास गरी नसर्ने रोग दम, मधुमेह, उच्च रक्तचाप, मोटोपन, पिनास, मुटु र पेटका रोग, नसा च्यापिएको आदि समस्यामा यसले चमत्कारी प्रभाव देखाएको छ। शारीरकि रूपमा गृहस्थ र मानसिक रूपमा सन्न्या...

गुरुङ गुरु

चित्र
- राजकुमार बानियाँ मझौला मण्डप। नजिकै तन्त्र, ज्योतिष, उपनिषद्जस्ता ग्रन्थहरूले भरएिको काठेदराज। बिहान ८ बजे नै चकटीमा पलेँटी मारेर बसेका छन्, 'लामा ज्योतिषी' जगमान गुरुङ, ६८। कसैका हस्तरेखा, कसैका निधारका रेखा त कसैका जन्मकुण्डली हेररिहेका छन्।  कसैको नेपाली कागज मड्याएर चिनाटिपन बनाइरहेका छन् बडो शान्त र धीरतापूर्वक। दशकौँदेखि जगमान यसै गरी ज्योतिष साधना गररिहेका छन्। तर, कसै गरी आफ्नो भड्किलो विज्ञापन नहोस् भन्नेमा सचेत छन्। त्यसैले फलाना-ढिस्काना नेता, ओहदावाल, फुलीवाल आउँछन् पनि भन्दैनन्। भविष्य जान्न चाहने राजादेखि रंकसम्मलाई उनको  ढोकामा स्वागत छ। नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ रहिसकेका र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको राष्ट्रिय संस्कृति अध्ययन केन्द्रका बहालवाला कार्यकारी निर्देशक जगमानलाई यसमा गर्व पनि छ। यसैको कारण आफू पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पारिवारिक ज्यो तिषीका साथै प्राज्ञ हुन सफल भएको बताउन उनलाई संकोच लाग्दैन। भन्छन्, "ज्योतिष विद्याले नै मलाई यो तहमा पुर्‍यायो। मजस्ता त कति थिए र कति छन्।" फलादेश ...

लोकभाकाका लिजेन्ड

चित्र
- राजकुमार बानियाँ जीवित भए/नभएको अस्पष्ट स्थितिमा झन्डै १२ वर्ष गुफा बसेछन् पुराना गायक पूर्ण नेपाली, ६०। ठिट्यौलीमै 'कलिलो तामालाई सोध रामालाई', '१६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ' जस्ता गीत गाएर जनजिब्रोमा बसेका उनलाई बुढ्यौलीले छोएकै रहेनछ, मृत्युको के कुरा ! ७ चैतमा प्रज्ञा भवनमा जीवनमै पहिलोपल्ट एकल साँझ गरी उनले आफ्ना श्रोताहरूलाई पुराना अजम्बरी गीत मात्रै सुनाएनन्, राष्ट्रिय गीतहरूको एल्बमसमेत सुम्पिएका छन्, 'होसियार, नेपाल मेरो घर हो, नेपाली मेरो थर हो।' जमानामै 'वर होइन पीपलको छायाँले, गाँठो पार्‍यो हजुरकै मायाले',  'ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी वनमाला', 'काली पनि देखेँ मैले गोरी पनि देखेँ, ससुराकी छोरी पाँचवटी देखेँ', 'काँ हो नानी घर तिम्रो, काँ हो माइती मावल, नानी त रैछौ हाम्रै दाँवल,' 'कैले माया पोखरा कैले माया खैरेनी, मायालु सम्झी कति रोइरनी' आदि दर्जनौँ गीतका संकलक र गायक अझै जवान रहेछन्। त्यो एकल साँझपछि आफ्नो आयु बढेको आभास पाएका छन् उनले। "गोपाल योञ्जन र कल्याण ...

जेनेटिक मेकानिक

चित्र
- राजकुमार बानियाँ जहाँ मेसिन, त्यहाँ मेकानिकल इन्जिनियर भन्ने चल्तीको सूत्र कृष्णबहादुर नकर्मी (केबीएन), ६१, को हकमा अलिकति संशोधन गर्दा ठीक हुन्छ- जहाँ टर्बाइन, त्यहाँ केबीएन। हुन पनि नेपालको लघु जलविद्युत् क्षेत्रका 'पायोनियर' नकर्मी मुलुकभित्र र बाहिर टर्बाइन डिजाइनरका रूपमा परिचित छन्। काठमाडौँको यट्खा, दमाई टोलमा जन्मेका नकर्मीको मेकानिकल इन्जिनियरङिमा जेनेटिक प्रभाव छ। उनको पुख्र्यौली पेसा नै फलामको काम हो। उनका बाबु रामबहादुर टेक्निसिएन रहेछन्। बाजे गणेशबहादुर कति मल्टिपल पर्सनालिटी भने जरसा'बका ड्राइभर, इलेक्टि्रसियन, काष्ठकर्मी, ज्यासल कालिगढ पजि। उनका काका अक्कलमानले पनि पेल्टन टर्बाइन बनाइसकेका छन्। बच्चैदेखि बाजेसँगै हात कालो बनाए उनले । मेसिन छुने, चलाउने, पुछ्ने, कस्ने आदि काममा उनलाई कसैले रोकेन पनि। इन्जिनियरङि अझ मेकानिक्स शब्दमा उनको अनुराग क्रमश: बढ्दै गयो। बुबाको जागिर टिम्बर कर्पोरेसन हेटौँडामा भएकाले उनको पठनपाठन त्यहीँकै भुटनदेवी स्कुलमा भयो। काठमाडौँको युवक मावि पकनाजोलबाट एसएलसी नगर्दै उनले घरेलुको साना तथा हस्तकला सेक्सनम...

सायमी-सिम्बोल

चित्र
- राजकुमार बानियाँ धेरैजसो फिटनेस क्लबतिर वा स्वीमिङ पुल छेउछाउ घुमिरहेका हुन्छन्, कार्टुनिस्ट रविन साय्मि, ४१। किनभने, कतिपय कार्टुनको 'आइडिया' उनले त्यहीँ पाएका छन्, कतिपय त्यतै कारेका पनि छन्। अखबारी पाठकका यी पि्रय कार्टुनिस्ट कहिलेकाहीँ बडो फसादमा पर्छन्। चित्र आए संवाद पाउँदैनन्, संवाद पाए चित्र भेट्टाउँदैनन्। त्यस्तो स्थितिमा कनीकुथी कार्टुन उभ्याउनुभन्दा बरू कामै छाडिदिन्छन्। पात्रको 'फेसियल क्यारिकेचर'का साथै चोटिलो संवाद चाहिन्छ उनलाई। त्यसैले त उनका राजनीतिक कार्टुनमा सुशील कोइरालाको घुमि्रएको दाह्री, पुष्पकमल दाहाल 'प्रचण्ड'को मोटो जुँगा, माधवकुमार नेपालको डल्लो अनुहार, बाबुराम भट्टराईको चरीचुच्चे नाक वा झलनाथ खनालको बाक्लो ओठ पाठकलाई स्वादिलो लाग्छ। एउटा कार्टुन बनाउन उनी पाँच/छ घन्टासम्म खर्चन्छन्। "चित्र लेख्न जान्नुपर्‍यो अनि व्यंग्य गर्न सक्नुपर्‍यो," कार्टुनिस्टको योग्यताबारे रविन भन्छन्, "चित्र लेख्न जानेर पनि कार्टुनिस्ट बनिँदैन, व्यंग्य गर्न जान्दैमा पनि कार्टुनिस्ट बनिँदैन।" काठमाडौँ, ताहा...

म्याराथन हिरो

चित्र
- राजकुमार बानियाँ दशरथ रंगशालाको जन्मदिनदेखि जोडिएका छन्, म्याराथन धावक वैकुण्ठ मानन्धर, ६३। त्यो सम्बन्ध ४५ वर्ष बित्दा पनि उस्तै छ। सखारै कलंकी, सुनार गाउँस्थित घरबाट रंगशालासम्म नियमित धाउँछन् र कम्तीमा २५ फेरो लगाउँछन्। उमेर र स्वास्थ्य बिर्सेर दिनहुँ १४ किलोमिटरसम्म दौडन्छन् वैकुण्ठ। यी धावक हत्तपत्त साइकलसमेत चढ्दैनन्। "मलाई त साइकल चढ्दा अल्छी लाग्छ," उनी भन्छन्, "दौडनु मेरो ह्याबिट हो ।" ११ वर्षअगाडि मुटुको बाइपास सर्जरी गराएका उनी नियमित औषधी खाइरहेका छन्, डाक्टरले मनाही गरे पनि घामपानीमा दौडिरहेका छन्। नेपाली एथ्लेटिक्समा वैकुण्ठ मानन्धर आफैँमा चम्किला किंवदन्ती हुन्। दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ लगातार तीन स्वर्णपदक, एसियाडमा चौथो स्थान र चार ओलम्पिक (क्यानडा, रुस, अमेरकिा र कोरयिा)मा उनको सहभागिता कीर्तिमानकै रूपमा छन्। अझ उनको २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान दक्षिण एसियामा कसैले तोड्न सकेको छैन। पाँच फिट पाँच इन्च उचाइका वैकुण्ठ २७ वर्षसम्म पनि अविजित छन्। नेपालमै जुनियर खेलाडीले त्यो कीर्तिमान नतोडी आफैँलाई मात...

जीवित इतिहास

चित्र
- राजकुमार बानियाँ पहिलोपटक मदन पुरस्कार पाउने इतिहासकारका रूपमा प्रख्यात छन्, चित्तरञ्जन नेपाली, ८४ । ०१३ सालतिर सानो नाङ्लोमा पुरस्कारबापत २ हजार ५ सय भारु बुझ्दा चित्तरञ्जन गधापच्चीसी पनि नाघेका थिएनन् । सत्यमोहन जोशी (संस्कृति) र बलराम जोशी (विज्ञान)ले पनि त्यसै साल पुरस्कार पाएका हुन् । चित्तरञ्जनको त्यो पुरस्कृत पुस्तक हो, जनरल भीमसेन थापा र तत्कालीन नेपाल । सरकारी खर्चपर्चमा नेपाल सांस्कृतिक संघले त्यो पुस्तक छाप्नुअघि नै उनले कविको चिनारी बनाइसकेका रहेछन् । ००७ सालमै उनको नेवारी भाषामा शोककाव्य आएको थियो, मां लुमंका (आमाको सम्झनामा) । मदन पुरस्कारको थैली मोहरु (नेपाली रुपियाँ) चार हजार के कसरी खर्च भयो भन्ने बारेमा उनलाई यकिन छैन । तर, घरमा जेक (जीईसी) रेडियो किनेर घन्काएको सम्झना आलै छ । "पुरस्कार पैसामा हिसाब गर्ने कुरा होइन," उनी भन्छन्, "तैपनि, त्यतिखेर सुन सय रुपियाँ तोला थियो ।" पुरस्कार पाएकै साल चित्तरञ्जन नेपाल सरकारको गजेटेड अफिसर (राजपत्रांकित अधिकृत) भइसकेका रहेछन् । महिनावारी तनखा १ सय ८० रुपियाँ थियो भने भत्ता २० रुपिय...

शाकिरा होइन, इन्दिरा

चित्र
म नायिका होइन, गायिका हुँ । मलाई गाउने रहर पुगेको छैन । गीतमा सरप्राइज दिनै बाँकी छ । - राजकुमार बानियाँ नेपाली संगीतको खुसी–सेक्सन अलिक गरिब लाग्छ । गायकगायिकादेखि श्रोतासम्मको पहिलो रोजाइ ‘स्याड सङ’ नै हुन्छ । नयाँ पुस्ताकी जल्दीबल्दी गायिका इन्दिरा जोशीसँग पनि श्रोताले सेन्टिमेन्टल नम्बरै फर्माइस गरिरहन्छन् । उनले त्यस्ता गीत गाउँदै नगाएकी होइनन् तर नगन्य मात्र । भन्छिन्, “कतिपय ह्यापी गीत त गीतै होइन जस्तो गर्छन् । तर, मेरो फस्ट च्वाइस त्यही हो ।” ‘उध्रेको चोली...’, ‘रातो घाँघर...’ आदि धमाकेदार आइटमले सांगीतिक दुनियाँलाई उखरमाउलो पारेकी यी सेलिब्रिटीको अनुभव बोल्छ, खुसीका गीत गाउन विशेष ऊर्जा चाहिन्छ । उनी उफ्रीउफ्री गाउँछिन् आवाजमा भाव ल्याउन । यी नत्थीवाला गायिका हट, सेक्सी, ग्ल्यामरस आदि नानाभाँती फुर्को बाँधिने फिल्मी हिरोइन या सुपरमोडलको भावभंगीमा दिन सिपालु पनि छन् । इन्दिराको चटक्क मिलेको ज्यान, जोसिलो नाच अनि हिस्सी परेको अनुहार देखेर फिल्म निर्माता–निर्देशक अफरमाथि अफर थपिरहन्छन् । उनी तिनलाई सजिलै टारिदिन्छिन्, ‘म नायिका होइन, गायिका हुँ...

कुमार प्रधानलाई सम्झेर

चित्र
- राजकुमार बानियाँ ‘नागाहरूले हामी ‘भारतीय होइनौँ’ भनेर चिच्याउँदा देशका नेताहरू कुदेर जान्छन् र भन्छन्, ‘तिमीहरू भारतीय हौ, हाम्रै दाजुभाइ हौ ।’ यता हामी भन्छौँ, ‘हामी भारतका हौँ, हाम्रो भाषालाई मान्यता दिलाएर हामीलाई भारतीयको रबर स्ट्याम्प बनाइदेऊ ।’ तर, उनीहरू हामीलाई विदेशी नै भन्छन् । यो नीति सुरुदेखि नै चलिआएको छ । हाम्रो भाषालाई विदेशी ठान्नु हाम्रो शरीरलाई, आत्मालाई विदेशी भन्नु हो ।’ भारतमा नेपाली भाषा संग्रामका ‘थिंक ट्यांक’ कुमार प्रधानले गान्तोक, सिक्किमको महासम्मेलन (१९९०)मा सभाध्यक्षका रूपमा दिएको मन्तव्य अद्यापि चर्चित छ । नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने संघर्षको उत्तरकाल थियो त्यो । खासमा सन् १९५६ मै उठेको माग हो, नेपाली भाषा आन्दोलन । त्यतिबेला नेपाली भाषाको हैसियत फ्रेन्च र पोर्चुगिज भाषाजस्तो थियो । भारतीय संविधानको आठौँ अनुसूचीले धारा ३४४ (१) र ३५४ सँग सम्बन्ध राख्छ । राष्ट्रभाषा हिन्दीलाई सघाउने भाषाको सूचीमा नेपाली भाषा समेट्नु नै त्यसको अधिकतम ध्येय थियो । कुनै पनि काममा दिलोज्यान दिएर लाग्ने प्रधान चुपचाप रहन सकेनन् । त्य...

पुस्तक -- कसरी एक्लो नायक ?

चित्र
- राजकुमार बानियाँ हिट हुनु हरि अधिकारीको विशेषता हो । उनका समीक्षा र अन्तर्वार्ता हिटै छन् । उनको पहिलो कथासंग्रह रामलालको आकाश (विसं २०३९) पनि हिटै भयो । त्यसलाई उनले काका रामचन्द्र अधिकारी र प्रेमिका सरोजा उदासका नाममा समर्पण गरेका छन् । परशु प्रधानको पुस्तक केही अनुहार, केही क्षण (०५१) मा उनले सरोजाबारे खुलाएका छन्, ‘तीन वर्ष सँगै बसेर पनि विवाह हुन नसकेकी पहिलेकी प्रेमिका ।’  समर्पणको सिलसिला त्यत्तिमै टुंगिँदैन । हालै आएको उपन्यास एक्लो नायकमा लेखिएको छ, ‘समर्पण सन्त नेता किसुनजीमा ।’ तर, ‘किसुनजीको सच्चा जीवनकथा लेख्छु’ भन्ने कबुलेर उनले फेरि एकपटक आफ्नो चिरपरिचित आलोचक छवि नै बिर्सिएका छन् । विधागत रूपमा एक्लो नायक एकदमै अस्पष्ट स्थितिमा छ । लेखककै शब्दमा यो न विशुद्ध आख्यान हो, न त ऐतिहासिक वृत्तान्त । यस प्रकरणमा उनीमाथि आख्यानमा खेलाँची ठानेको बात लाग्न पनि सक्छ । के उनले आख्यानमाथि बुझ्दै नबुझी दर्जनौँ समीक्षा लेखेका हुन् त ? उपन्यास सन्त नेता कृष्णप्रसाद भट्टराईमाथि लेखिएको छ । यसको थालनी मृत्युप्रसंगबाट हुन्छ । सुरुका तीन अध्यायमा ...

दिस इज माइकल चन्द

चित्र
तस्विरहरु: रवि मानन्धर - राजकुमार बानियाँ भगवान्लाई मान्ने हो भने ‘गड गिफ्टेड’, प्रकृतिलाई मान्ने हो भने ‘नेचर गिफ्टेड’ आवाज छ माइकल चन्द अर्थात् हरिश चन्द, ६६, सँग । आवाजको दुनियाँका एक सुपरस्टार माइकल चन्दको त्यो ‘ब्रास टोन’का पारखी अझै पनि गाउँसहरमा भेटिन्छन् । रेडियो नेपालमा अंग्रेजी समाचारवाचक र गोथे इन्स्टिच्युटमा जर्मन भाषा प्रशिक्षकका रूपमा तीन दशकको समानान्तर सेवा रह्यो माइकलको । उनी अहिले महाराजगन्जस्थित निवासमा नेपाली रजतपटकी पहिलो हिरोइन भुवन चन्दका साथ अवकाश जीवन बिताइरहेका छन् । दोस्रो विश्वयुद्धताका बैतडीको पाटन, मेल्टाडाबाट भागेर बर्मा पुगेछन् उनका पिता । सेनामा भर्ती हुने बाटोमा बाजेले भाँजो हालिदिएपछि कोलकाता हुँदै रंगुन पुगेर उतै घरजम गरेछन् । त्यहीँ पहिलो सन्तानका रूपमा जन्मिए, माइकल । जन्मका हिसाबमा कर्कट राशिका उनको नाम ‘ह’ अक्षरबाट उठ्थ्यो । तर, ‘ठूल्नानी’, ‘ठूला’ आदि नाम रह्यो घरमा । बर्मामा जन्मनुको लाभ ठूलाले इटालियन कन्भेन्ट स्कुल पढ्न पाए । त्यो स्कुलमा विद्यार्थीको अंग्रेजी नाम जरुरी थियो । त्यही अनुसार डोनाल्ड, रोबर्ट र मा...

सहरका रकस्टार

चित्र
- राजकुमार बानियाँ सारा सहर छापा मार्दा पनि रकस्टार रोविन तामाङ, ५२, को हेलो नम्बर पाउन मुस्किल छ । पाए पनि फोन लाग्ने ग्यारेन्टी छैन । भूमिगत जीवनशैली बिताउने हिसाबमा उनले त्यसो गरेका होइनन् । घरीघरी फोन हराउँछ उनको । कहिले कन्सर्टमा छाड्छन्, कहिले स्टुडियो त कहिले चिया पसलमा । आफ्नै हुस्सुपनबाट हैरान रोविनलाई फोन बोक्न रहर पनि लाग्दैन । बोकिहाले भने सस्तोमस्तो फोन हुन्छ । आइफोन बोक्न छाडेको महिनौँ भयो । ठमेलमा ६ फिटे रोविनलाई 'खैरे' भनेर झुक्किने धेरै छन् । हुन पनि उनको गीत मात्र होइन, 'आउटलुक' पनि 'युनिक' छ । तीनवटा मुन्द्रा छन् कानमा । देब्रेतिर दुइटा, दाहिनेमा एउटा । नाकको मुन्द्राचाहिँ निकालेको बेला पर्‍यो । कालो ज्याकेट, कालो जिन्स र कालै ब्यागलाई उनको स्थायी मेनु भने हुन्छ । भन्छन्, "यो मेरो बनिबनाउ हुलिया होइन । फ्यानका लागि पनि होइन । बरू विदेशी हावापानी लागेको होला ।" राउटेजस्तो फिरन्ते भयो, रोविनको बाल्यकाल । बेलायती सेनाको १० गोर्खा राइफल्समा रहेका बुबाको दुई वर्षमै बटालियन बदली हुन्थ्यो । सिंगापुरमा जन्मिए उनी । कह...