स्वास्थ्य साधक

शिरदेखि पाउसम्म सेतो वस्त्र लगाएर सदाचार, सरलता र सात्विकताको सन्देश दिने प्रख्यात प्राकृतिक चिकित्सक हरपि्रसाद पोखरेल, ५०, राजधानीमा प्रायः पैदल यात्रामै भेटिन्छन्। बिरामीले बाटोमै रोक्छन्, रपिोर्ट देखाउँछन् र निःशुल्क परामर्श लिन्छन्। त्यसरी हजारौँ हजार बिरामी हेरसिकेका छन् उनले। त्यसैले त उपनाम पनि पाएका छन्, जीवित अस्पताल।
पुस्तकमा वणिर्त चिनियाँ खालीखुट्टे डाक्टरलाई सम्झाउने हरपि्रसादको चिकित्सा सुई, गोली र शल्यक्रियाविहीन प्राकृतिक उपचार पद्धति हो। यसमा पानी, माटो, बाफ, मालिस र योगाभ्यास नै पर्याप्त छ। खास गरी नसर्ने रोग दम, मधुमेह, उच्च रक्तचाप, मोटोपन, पिनास, मुटु र पेटका रोग, नसा च्यापिएको आदि समस्यामा यसले चमत्कारी प्रभाव देखाएको छ।
शारीरकि रूपमा गृहस्थ र मानसिक रूपमा सन्न्यासी यी चिकित्सकले आर्थिक उपलब्धिका निम्ति कहिल्यै काम गरेनन्। बंगला ठड्याउने, कारमा हुँइकिने सपना पनि देखेनन्। सामाजिक जीवन मात्र बिताए, त्यो पनि हिँडेरै। चक्रपथभित्र उनी दिनमा चार-पाँच घन्टा हिँडेकै हुन्छन्। उनको आरोग्य जीवनको सूत्र छ, शरीर नचलाए रोगी हुन्छ, मन नचलाए स्वस्थ। शरीर र मनको स्वस्थ सम्बन्ध प्राकृतिक जीवनशैलीमै सम्भव छ।
पाल्पा, मदनपोखराको एक किसान परविारमा जन्म भयो उनको। सानैदेखि एकान्तप्रेमी भएकाले होला, स्कुले जीवनमा पनि उनका खासै साथी भएनन्। जंगलमा गई चुपचाप बस्ने क्रममा एक दिन कमलको तलाउमा पुगेछन्। त्यहाँ देखेछन्, दुर्गन्धित हिलोमा सुगन्धित फूल ! त्यसैले उनले आफ्नो पहिलो गुरु मानेका छन्, कमललाई।
"को हो, को हो भनेर कराउँथ्यो कोइली। म हो, म हो भन्दै चिच्याउँथे। जवाफ नआएपछि स्तब्ध हुन्थेँ," उनी बालजीवन सम्झन्छन्, "साथीभाइ गुलेली लिएर हिँड्दा मेरो काम हुन्थ्यो, थपडी बजाएर चरा भगाउने। एक दिन टोड्काबाट निकालिएका बचेरा जोगाउन आफ्ना पुस्तक, कापी र लुगासमेत साथीहरूलाई दिएँ।"
भारतबाट मुक्तिनाथ जानका लागि आउने पीतवस्त्र लगाएका, लट्टाधारी बटुवाहरूमा उनको ध्यान गयो। योभन्दा त्यो संसार राम्रो छ भन्ने आध्यात्मिक सूत्रले तान्यो। भीमकाय जीव हात्ती मांसाहार नगरी बाँचेको देखेर १३ वर्षकै उमेरमा शाकाहारी बनायो।
करबि डेढ वर्ष राजनीति पनि गरेछन् उनले। खास गरी जनमतसंग्रहताका देशदर्शनमा हिँडेका बीपी कोइरालाले उनको वक्तृत्वकला देखेर नेपाल विद्यार्थी संघको पाल्पा जिल्ला कार्यसमितिमा सचिव राख्न लगाएका रहेछन्। "कमलराज रेग्मीको स्कुलिङ पाएको गाउँमा गैरकम्युनिस्ट खासै थिएनन्," उनी भन्छन्, "तर, नराम्रोलाई पनि राम्रो, राम्रोलाई पनि नराम्रो भन्नुपर्ने भएकाले राजनीतिमा टिक्न सकिनँ।" त्यतिबेला बहुदलवादी साथीहरूले आफ्नो पहेँलो कुर्ता च्यातिदिएको उनलाई अझै स्मरण छ।
एसएलसी दिने बेला उनी भारततिर हान्निएछन्। त्यहाँ विभिन्न तीर्थस्थल, मन्दिर र आश्रम चाहारे, रामकृष्ण मिसनदेखि महेश योगी र रजनीशको आश्रमसम्म। ऋषिकेशको स्वर्गाश्रम पुगेर उनले स्वघोषित सन्न्यास लिए। तर, गुरु भने कसैलाई थापेनन्।
"सन्न्यास भनेको त यायावर जीवन हो, जम्मै कुरा छाडेर हिँडेको, महत्त्वाकांक्षामुक्त, प्रतिस्पर्धामुक्त, अहंकारमुक्त," उनी भन्छन्, "भारतमा त साधुहरूले नै मल्टिनेसनल कम्पनी चलाइरहेका छन्। उनीहरूमा ज्ञानको सहज उचाइ कहाँ छ र?" हुन पनि त्यहाँ साधुहरू वरपिर िबडीगार्ड राख्छन्, चाँदीको कुर्सी बोकेर हिँड्छन्, जहाँ गयो, त्यहीँ दुहुनो गाई लैजान्छन्।
आध्यात्मिक जीवनको खोजीमा निस्केका उनलाई भारतीय आश्रमहरूले बाँध्न सकेनन्। बरू गान्धी आश्रमको सेवाभावले पगाल्यो। बाँकी शिक्षा पनि त्यहीँ लिए। गान्धी स्मारक प्राकृतिक चिकित्सा समितिबाट डक्टर इन नेचुरोप्याथी -एनडी) गरी स्वदेशमै फर्किए।
अहिले पनि उनी नेपाल-भारत आउजाउ गररिहन्छन्। विवेकानन्द योगा युनिभर्सिटी बैङ्लोरलगायतमा भिजिटिङ प्रोफेसर छन्। नेपाल संस्कृत विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्सा विभाग प्रमुख छन्। त्रिभुवन विश्वविद्यालयमा नियुक्ति लिएर पढाउने उनी आफ्नो क्षेत्रका पहिलो र एक्ला शिक्षक हुन्। रोचक के भने उनले अध्यापनका निम्ति कीर्तिपुरसम्म धाउनु पर्दैन, बीएमएसका विद्यार्थी नयाँ बानेश्वरस्थित प्राकृतिक चिकित्सा अस्पतालमै पढ्न आउँछन्।
उनको शैक्षिक योग्यता स्नातकोपाधि मात्र हो। मास्टर्स अफ डक्टरेट -एमडी) नगरे पनि उनलाई नेपाल संस्कृत विश्वविद्यालयले प्राध्यापक उपाधि दिने भएको छ। औपचारकि डिग्री नलिए पनि धनबज्र बज्राचार्य, कृष्णप्रसाद पराजुली, मोहनप्रसाद खनाल, दिनेशराज पन्तलगायतले यस्तो उपाधि पाएका छन्।
पोखरेलको स्थायी मुकाम भने प्राकृतिक चिकित्सा अस्पताल नै हो। आवश्यक पर्यो भने त्यहाँ चौबीसै घन्टा उपलब्ध हुन्छन्। त्यहाँ निर्देशकको पदीय जिम्मेवारी छ। यो अस्पताल उभ्याउन सिंगो जवानी लगानी गरेका छन् उनले। नगर विकास समिति बुल्डोजर लिएर आयो पटकपटक। संघर्ष कति भने अस्पताल बनेको आठ वर्षपछि लालपुर्जा पाए, नौ वर्षपछि नक्सा पास भयो। न नाफा, न घाटामा चलिरहेको छ, ३५ शय्याको यो अस्पताल। भन्छन्, "अरू अस्पतालमा बिरामीले बिल तिरेपछि धारे हात लगाउँछन्, यहाँ बिरामीले अस्पताललाई उल्टै चन्दा दिन्छन्।"
आफूलाई मानसाग्नि अर्थात् ज्ञान र विज्ञानको दोभानका रूपमा चिनाएका छन् उनले। त्यही भएर आफ्नो जीवन श्रीमती र छोराछोरीप्रति नभएर हजारौँ बिरामीमा समर्पित गरेका छन्। निकै सरल जीवन छ उनको। अस्पतालनजिकै दिदीको घरमा दुईवटा कोठा भाडामा लिएका छन्। एउटा कोठालाई पुस्तकालय बनाएका छन् भने अर्को कोठामा बिछ्यौना छ।
उनको परविारमा दाजु, दिदी, भान्जा, भतिजा गरी नौ जना चिकित्सक छन्। तर, उनले आफ्नो अस्पतालमा परविारका कसैलाई समेटेका छैनन्। यसो गर्दा अभियानभन्दा परविारलाई महत्त्व दिइने डर छ उनलाई। स्वास्थ्य मन्त्रालयलाई भने उनले 'एलोप्याथी मन्त्रालय' भन्ने गरेका छन्। मन्त्रालयले अन्य वैकल्पिक चिकित्सा विधिका निम्ति खासै काम नगरेको उनको अनुभव छ।
साधक पोखरेलले नेपाललाई योगको गुरु देश बनाउने अभियानका क्रममा ३६ वर्ष पहिले 'योगी बनौँ, योग सिकाऔँ' भन्दै योग संवत् सुरु गरेका रहेछन्। "एलोपेथीमा युरोप, होमियोपेथीमा जर्मनी, अकुपन्चरमा चीन र आयुर्वेदमा भारतको दाबी छ। अब हामीले योगलाई नेपालको भन्न सक्ने अवस्था छ," उनी भन्छन्, "विक्रम संवत्लाई हिन्दुको, इस्वी संवत्मा इसाईको हकदाबीजस्तै योग पञ्चांग -पात्रो)लाई विश्व संवत् बनाउने मेरो कोसिस छ।" उनको भनाइमा नेपालको हिमवत् खण्ड शिवभूमि हो। शिवको योग साधनाकै सिको गरेर सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका हुन्। "योग कर्मकाण्ड वा धार्मिक विधि होइन," उनको दाबी छ, "हिन्दु, इसाई, इस्लाम, बौद्ध सबैले यसलाई हार्दिक रूपमा स्वीकार गरेका छन्।"
भूदानका माध्यमबाट साढे चार सय रोपनी जग्गामा लमजुङको तार्कुघाटमा सर्वोदय आश्रम पनि चलाएका छन् उनले। मस्र्याङ्दी नदीको किनारमा ध्यानग्राम र अस्पतालको परकिल्पना छ । "वृद्धाश्रम भन्नेबित्तिकै डम्पिङ साइट सम्झने चलन छ," उनी भन्छन्, "वास्तवमा बूढाबूढी लिभिङ लाइब्रेरी हुन्। ६०/७० वर्षको अनुभव दोस्रो पुस्तामा लैजानु आवश्यक छ।"
प्रस्तावित ध्यानग्रामका निम्ति विश्वभरकिा १ सय ७० ध्यान विधि उनले सँगालेका छन्। उनको भनाइमा व्यक्ति अनुसार ध्यान विधि चाहिन्छ। "कोही नाचगान, भजनमा समेत आँखा चिम्लिन्छन्," उनी त्यसलाई अथ्र्याउँछन्, "कोही ध्यानमा बस्दा पनि घरीघरी आँखा पल्याकपुलुक हेर्छन्।"
हरपि्रसादको परचिय भनेकै काम हो। नाम, पद र प्रमाणपत्र उनलाई चाहिँदैन पनि। उनको जीवन आफैँमा विचित्र प्रयोगशाला हो। १४ वर्ष फलाहार, दुई वर्ष घाँस मात्र खाएर बसे। कैयौँ वर्ष नुन नै खाएनन्। अहिले पनि दुःख पायो भने मात्र अन्न खान्छन्।
सदाचार, योग र स्वास्थ्य चेतनालाई सामाजिक रूपान्तरणको माध्यम बनाएका छन् उनले। कुरीतिको अन्त्य र सत्यको उद्घाटनलाई उनले मिसन मानसाग्नि भनेका छन्। स्वास्थ्य चेतनाका निम्ति उनले ४६ वटा साना-ठूला पुस्तक लेखेका छन्। महिनावारी, एचआईभी/एड्स, रक्तदानदेखि मुटुरोगसम्मका पुस्तिका छन् उनका। संख्यात्मक हिसाबले धेरै पुस्तक लेख्ने डाक्टर पनि उनै हुन्। एकैचोटि सातवटा पत्रिकामा स्तम्भ लेखेको अनुभव पनि छ।
चेला बनाउने, आश्रम बनाउने, सम्प्रदाय खडा गर्ने रहर छैन उनलाई। सन्त या ऋषिको पगरी गुथ्ने लोभ पनि छैन। उनलाई कसैसँग कुनै गुनासो छैन। "अहिलेसम्म आठ सयजति दोसल्ला ओढेँ, पटकपटक मानार्थ पीएचडी पाएँ, वास्तवमा मैले आफूले गरेको कामभन्दा बढी सम्मान पाएको छु," उनी भन्छन्, "समाज कल्याणका निम्ति स्वयंलाई अझै अब्बल बनाउनु छ ।"
प्रकाशित: असार २९, २०७१
टिप्पणियाँ
एक टिप्पणी भेजें