नेपाली 'नर्गिस'


नेपाली
महानगरीय होहल्ला र उकुसमुकुस छ पर्खालबाहिर। भित्र यति शान्त र रमणीय इलाका होला भनेर पत्याउनै मुस्किल। जताततै वसन्त ऋतुका चराहरू चिरबिराइरहेका छन्। लतालहराहरू पुष्पित र पल्लवित छन्। बुट्टे झ्यालहरू गनेर सकिँदैनन्। विदेशी पाहुनाहरू यतै टहलिरहेका छन्।
विश्व सम्पदामा सूचीकृत दरबार स्क्वायरको झझल्को दिने होटल द्वारकिाज प्रचलित भाषामा हेरटिेज प्लाजा हो। नेपाली शैलीको आर्किटेक्ट डिजाइन भएको यो होटलका बारेमा विदेशी अखबार, म्यागेजिन, टेलिभिजनले केही न केही लेखेकै हुन्छन्। डकुमेन्ट्री उत्तिकै बनेका छन्।
केही समयअघि क्यानडा पुग्दा बोल्ड एन्ड ब्युटिफुल पर्सनालिटी
अम्बिका श्रेष्ठ, ८१, लाई एक जनाले खुसुक्क भनेछन्, 'मैले तिमीलाई टीभीमा देखेकी थिएँ।' कति देखाइसकेका छन् भने अम्बिकाले आफूलाई चिनाउनु पर्दैन, सजिलै चिनिहाल्छन्।
संस्थापक अम्बिका होटल सञ्चालन भएको ४४ वर्षपछि बल्ल 'पाँच तारा' लिने प्रक्रियामा गएकी छन्। तर, काठमाडौँका पाँचतारे होटलभन्दा महँगो छ, द्वारकिाज। रोयल सुइटको शुल्क रातकै १८ सय अमेरकिी डलर छ। "तैपनि, हाई लेभल विदेशी डेलिगेट्सलाई कोठा नभएर फर्काउनु परेको स्थिति छ," उनी भन्छिन्, "उनीहरू हामीले मार्केटिङ् गरेर आएका होइनन्, यहाँ कोठा नभए मात्र अन्यत्र जान्छन्।"
सकेसम्म सबथोक नेपाली यहाँको विशेषता हो। यहाँ नेपाली शैलीको एउटा रेस्टुराँ छ, कृष्णार्पण। भोजनअगाडि माटोको पातमा देउतालाई चढाएर प्रसादका रूपमा खाने शैली अनि बाँसुरी र सारंगीको लाइभ म्युजिक यहाँका आकर्षण हुन्। "यसलाई अग्र्यानिक बनाउने कोसिस छ हाम्रो," उनी भन्छिन्, "मासु र तेलबाहेक अरू अग्र्यानिक भइसकेको छ।"
यो ठाउँ एक पियक्कड राणाजीको गाईगोठ रहेछ, कुनै बेला। तिनले लिगलगापात समेत बेचेका रहेछन्, अम्बिकाका पति द्वारकिादास श्रेष्ठलाई। यी द्वारकिा पुराना चीजको सम्मोहनमा कति फसेका रहेछन् भने बाटोमा मिल्किएका काठसमेत टिपेर थुपार्दा रहेछन्। त्यसैले त कतिपय भन्दा रहेछन्, 'वेँ -पागल) साहू' ।
१० कोठाबाट सुरु गरएिको संरचना अहिले ८६ पुगिसकेको छ। अम्बिका अझै पनि बिगि्रएका पुराना झ्याल अनि नयाँ कलाकारका पेन्टिङ् किन्न झर्को मान्दिनन्। "हामी अर्बपति थिएनौँ, यो एकै दिनमा बनेको पनि होइन, एकएक इँटामा रगत र पसिना लतपतिएको छ," उनी भन्छिन्, "पूर्वजका आर्जनलाई जोगाएर राख्न सक्दा गौरव हुँदो रहेछ।"
भारतमा विलय नभइसकेका बेला सिक्किममा जन्मेकी रहिछन् अम्बिका। खासमा भक्तपुर रहेछ उनको माइती। कोतपर्वमा रातारात भागेर सिक्किम पुगेको भारदार खलक। सिक्किमे चोग्याल दरबारमा सोझो सम्बन्ध बनाएको। उनका ठूलाबुबा हरपि्रसाद प्रधान नेपालका प्रथम प्रधानन्यायाधीश रहेछन्।
बाबु खड्गबहादुरले बि्रटिस इन्डियाको नामी स्कुल लोरेटो कन्भेन्ट दार्जीलिङमा पढाएछन् अम्बिकालाई। त्यहाँ कालो केशवाला गैरयुरोपियन दुई जना रहेछन्, वर्धमनका महाराजाकी छोरी वरुणा र अम्बिका। स्कुल सकेपछि केही समय उनले कालिम्पोङको सेन्ट जोसेफ स्कुलमा पढाइन्। उनका थुप्रै चेली अहिले नेपालमै छन्।
पटना युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक अम्बिकाको २२ वर्षको उमेरमा मागी विवाह भयो, काठमाडौँका व्यापारकि घरानाका द्वारकिासँग। ती द्वारकिा कति 'भर्सटायल' भने आफ्नो समयका मिस्टर बीएचयू -बनारस हिन्दू विश्वविद्यालय) रहेछन्। व्यायाम मन्दिरका संस्थापक रहेका उनकै होस्टेलमा नेपाली कांग्रेसको जन्म भएको रे! द्वारकिाको जीवनी लेखाउने धोको छ अम्बिकालाई।
युरोपियन जीवनशैलीमा भिजेकी अम्बिकालाई रैथाने नेवार परविारमा टिक्न गाह्रै पर्‍यो। आठ दाजुभाइ र एक बहिनीका साथ सगोलको ४० जनाको परविारमा जेठी बुहारीको के हालत हुँदो हो? हुन त अम्बिकाका ससुरा जनकदास पनि चेम्बर अफ कमर्सका अध्यक्ष भइसकेका रहेछन्। मखनको कुनामा रहेको त्यो घरमा अहिले सपिङ् आर्केड छ।
धन्न द्वारकिा खुला विचारका रहेछन्। महिलाको शिक्षा र स्वास्थ्यमा अत्यन्तै सचेत। त्यसैले बाबुआमासँग भनाभन भइरहन्थ्यो। "उहाँ सरकारी फाइल बोकेर घर आउनुहुन्थ्यो, घरमा सधैँको किचलो," अम्बिका सम्भिmन्छिन्, "त्यही अशान्तिका कारण हामीले घर छाड्यौँ। संयुक्त परविारबाट छुट्टनिे हामी पहिलो हौँ।" त्यस प्रकरणपछि द्वारकिा दम्पतीलाई 'आउट
कास्ट' गरएिछ।
घर छाडेपछि डेराबास हुने नै भयो। रञ्जना सिनेमाको छेउ फसिकेबमा आफ्ना साथी पूर्णशंकर गिरी (तुलसी गिरीका दाजु)कहाँ बस्न थालेछन्। सरकारी नोकरीले घरव्यवहार चलाउनै नपुग्ने। "कलिला बच्चा छाडेर मैले कान्ति ईश्वरी विद्यालय प्याफलमा पढाउन थालेँ," उनी सुनाउँछिन्, "केही समयपछि म अमेरकिन लाइब्रेरीमा फस्र्ट कल्चरल अफेयर अफिसरका रूपमा नियुक्त भएँ।"
सप्तरीमा बडाहाकिम रहेका आफ्ना पति बिरामी भएपछि तीन वर्षमै उनले अमेरकिन लाइब्रेरी छाड्नुपर्‍यो। अहिले उनकी ठूली छोरी संगीताले द्वारकिाज होटलको नेतृत्व गरेकी छन् भने कान्छी छोरी विनीता सपरविार अमेरकिामा छिन्। उनका १८ वर्षे छोराको भने मोटरसाइकल दुर्घटनामा दुःखान्त भयो। ५० वर्षमा एक्लो छोरा र ६० वर्षमा पति गुमाएको चोट सहेकी छन् उनले।
घरबाहिर निस्कने पहिलो पुस्ताकी महिलामा पर्छिन् अम्बिका। पतिपत्नी मिलेर मुलुककै दोस्रो ट्राभल एजेन्सी खोलेका रहेछन्, काठमाडौँ ट्राभल एन्ड टुर्स। उनीहरूले नै खोलेको न्युरोडको पारस होटल नेताहरूको जक्सन थियो, कुनै बेला। झट्ट हेर्दा अम्बिकालाई कसैले ८० नाघेकी महिला भन्न सक्दैन। आफ्नो जमानामा कति राम्री रहिछन् भने उनलाई हेर्न भनेर कतिपय तन्नेरी अमेरकिन लाइब्रेरी र पारस होटल धाउँदा रहेछन्। "म कतिखेर घरबाट निस्कन्छु भनेर बाटोमा पर्खिबसेको सुनाउँदा अचम्म लाग्छ," उनी भन्छिन्, "मैले कहिल्यै दायाँबायाँ हेरनिँ। कसैलाई वास्ता गरनिँ। को किन बसेको छ, मलाई कसरी थाहा होस्?"
कतिसम्म भने अम्बिकालाई आफ्नै देवरले पनि 'भाउज्यू त नर्गिस' भन्दा रहेछन्। त्यसो भन्दा रसिाएर कति दिन बोलिनछन् अम्बिका। "म बलिउड फिल्मस्टारजस्तो राम्री छु भन्ने पनि याद गरनिँ," उनी भन्छिन्, "ब्युटिफुल त हो कि होइन, बोल्डचाहिँ हुँ।"
बिरामी भएर अमेरकिा जाँदासमेत उनले ब्युटिसिएनलाई सँगै लगेको गसिप छ सहरमा। "मैले कहिल्यै तडकभडक गरनिँ, बरू गहना थोरै लगाउँदा सासूको वचन खाएकी छु," उनी सुनाउँछिन्, "कहिल्यै साडी छाडेकी छैन। काठमाडौँबाहिर रक्िसा चढ्न अप्ठ्यारो होला भनेर कहिलेकाहीँ कुर्ता सुरुवाल लगाउँछु, त्यत्ति हो।"
आफ्नो सदाबहार सौन्दर्यको रहस्य अम्बिकालाई नै थाहा छैन। उनी बेबी फुड खान्नन्, शाकाहारी पनि होइनन्। मदिरा र सिगरेटलाई कहिल्यै अम्मल बनाइनन्। अक्सर ९ बजेपछि मात्र घरबाहिर निस्किन्छिन्। प्राणायाम, योग, ध्यान र पूजापाठमै बित्छ बिहानी। "मुख मात्र सबथोक होइन। मुख्य कुरा मन उज्यालो राख्नुपर्‍यो," उनी भन्छिन्, "सुख र दुःख आफैँसँग छ। आशावादी भएर हेर्नु नै खुसी हुने सूत्र हो।"
जीवनको उत्तरार्द्धमा पनि अम्बिकालाई दौडधूपमै आनन्द लाग्छ। बरू चुप लागेर बस्दा बिमारी भइएला भन्ने डर लाग्छ। त्यसैले त अम्बिका आफूजस्तै सफल महिला उद्यमी बनाउने अभियानमा छिन्, बिजनेस एन्ड प्रोफेसनल्स वुमेन नामक संस्थामार्फत। यसमा थुप्रै सफलताका कथा पनि जोडिएका छन्। "भाग्य सबैले बोकेर आउँछन्," उनको अनुभव छ, "तर, सधैँ भाग्यले मात्र साथ दिँदैन।"
घरमा पाँचवटा त कुकुर नै पालेकी छन् अम्बिकाले। एउटाको नाम छ योगी। एकताका हरण्िाको बच्चा, मयूर, डाँफे पनि पालेकी रहिछन् उनले। पूर्वीय र पश्चिमा शास्त्रीय संगीतकी पारखी अम्बिका पण्डित रविशंकर, हरपि्रसाद चौरसियाजस्ता उस्ताद भनेपछि हुरुक्कै हुन्छिन्। संगीत भयो भने उनलाई अरू केही चाहिँदैन।
"स्कुले जीवनमा पियानोको नोट बिगार्दा छुच्ची शिक्षिकाले रुलरले हिर्काउँथिन्," उनी स्मृतितिर फर्किन्छिन्, "बरू मेरा श्रीमान् भ्वायलिन बजाउनुहुन्थ्यो। अहिले नातिनीले बजाउँछे।"
त्यसो त यी महिला उद्यमीलाई डेढ वर्षअघि पेटको क्यान्सरले समातेछ। सात-आठ महिना अमेरकिामा उपचार गरेपछि निको भयो। "क्यान्सरलाई अलिकति आत्मबलले जितेँ, अलिकति भगवान्ले बचाए," अम्बिका भनिरहेकी छन्, "जे गर्नुपर्ने थियो, त्यो गरेँ। सायद अझै केही गर्न बाँकी छ ।"
प्रकाशित: चैत्र ३, २०७०

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’