सायमी-सिम्बोल

धेरैजसो
फिटनेस क्लबतिर वा स्वीमिङ पुल छेउछाउ घुमिरहेका हुन्छन्, कार्टुनिस्ट
रविन साय्मि, ४१। किनभने, कतिपय कार्टुनको 'आइडिया' उनले त्यहीँ पाएका छन्,
कतिपय त्यतै कारेका पनि छन्।
अखबारी पाठकका यी पि्रय कार्टुनिस्ट कहिलेकाहीँ बडो फसादमा पर्छन्। चित्र आए संवाद पाउँदैनन्, संवाद पाए चित्र भेट्टाउँदैनन्। त्यस्तो स्थितिमा कनीकुथी कार्टुन उभ्याउनुभन्दा बरू कामै छाडिदिन्छन्।
पात्रको 'फेसियल क्यारिकेचर'का साथै चोटिलो संवाद चाहिन्छ उनलाई। त्यसैले त उनका राजनीतिक कार्टुनमा सुशील कोइरालाको घुमि्रएको दाह्री, पुष्पकमल दाहाल 'प्रचण्ड'को मोटो जुँगा, माधवकुमार नेपालको डल्लो अनुहार, बाबुराम भट्टराईको चरीचुच्चे नाक वा झलनाथ खनालको बाक्लो ओठ पाठकलाई स्वादिलो लाग्छ।
एउटा कार्टुन बनाउन उनी पाँच/छ घन्टासम्म खर्चन्छन्। "चित्र लेख्न जान्नुपर्यो अनि व्यंग्य गर्न सक्नुपर्यो," कार्टुनिस्टको योग्यताबारे रविन भन्छन्, "चित्र लेख्न जानेर पनि कार्टुनिस्ट बनिँदैन, व्यंग्य गर्न जान्दैमा पनि कार्टुनिस्ट बनिँदैन।"
काठमाडौँ, ताहाचलको व्यापारी परिवारमा पाँचौँ सन्तानका रूपमा जन्मेका रविनले कार्टुन-कला कतै सिकेका होइनन्। स्कुले जीवनमा चित्र बनाउँदा बनाउँदै एकाएक कार्टुनको चमत्कारी संसारतिर लहसिएछन्। अहिले त रविन 'कार्टुन-सिम्बोल' नै भइसकेका छन्।
खास गरी भारतीय पत्रपत्रिका पल्टाउँदा रविनको पहिलो दृष्टि कार्टुनतिरै जान्थ्यो। त्यसको स्वादमा पल्केका उनलाई नेपाली अखबारका व्यंग्यचित्र भने गालीचित्रजस्तो लाग्थ्यो। राजनीति बुझ्न थालेपछि उनले आफैँ त्यसको अभ्यास गरे। तर, परोपकार हाई स्कुलबाट एसएलसी गरेपछि उनी ललितकला क्याम्पसतिर सोझिएनन्। पहिले इन्जिनियरङि क्याम्पस पुल्चोकतिर 'ट्राई' मारे, त्यहाँ नामै निस्किएन। त्यसपछि फिजिक्स लिएर पढे, नेपाल साइन्स कलेजमा।
साइन्समा राम्रो गर्न सकेनन् उनले। बाबुले उनलाई पाटपुर्जा बनाउने ग्यारेजतिर लगेछन्। तीन दिनपछि त्यहाँ पनि गएनन्। बाबुले सोधेछन्, 'तिमी के गरेर खान्छौ ?'
'चित्र बनाउँछु।'
'चित्रले जीविका चल्छ त ?'
'म चलाउँछु।'
साँच्चै भन्ने हो भने बाबुलाई रविनको चित्रकारतिामा विश्वासै थिएन। "पहिले पहिले सम्पादकले आइडिया दिने र चित्रमा ढाल्ने काम मात्र हुन्थ्यो पत्रिकामा, पैसा पनि खासै थिएन। कार्टुन छापिनु नै ठूलो कुरा हुन्थ्यो," उनी सम्झन्छन्, "मलाई के कुरामा गर्व छ भने मैले चित्रबाहेक अरू काम छोएको पनि छैन। आफूलाई पुग्ने कमाएको पनि छु।"
कम्तीमा आफूले इच्छाएको काम गर्न पाएकामा सन्तोष छ उनलाई। अर्को ठूलो महत्त्वाकांक्षा छैन, राम्रो कार्टुन लेख्नेबाहेक। नेपाल रपिब्लिक मिडियाका कला निर्देशक रविनसँग स्केच, पेन्टिङ, कार्टुन, लेआउट, डिजाइनको प्याकेजै छ।
जनआन्दोलन २०४६ को घोषणासँगै कार्टुनमा जोडिएका हुन्, रविन। त्यतिबेला उनले कुनै दलको सदस्यता लिएका थिएनन्। तर, चित्र लेख्ने/छपाउनेदेखि ढुंगा हान्नेसम्मका काममा देब्रे ढल्कुवा रविनको सक्रियता बढिहाल्यो। साथी कुन्दन अर्यालसँग मिलेर कार्टुनै-कार्टुनको पर्चा पनि छापेर बाँडेछन्।
बहुदलको उदयपछि राजनीतिक कार्टुन लिएर दृष्टि साप्ताहिकको कार्यालय छिरेछन्। सम्पादक नारायण ढकालले त्यो कार्टुन छापिदिएछन्। त्यस कार्टुनको ७० रुपियाँ पारश्रिमिक पनि पाए उनले। र, लगातार १० वर्ष दृष्टिमै कार्टुन बनाए।
त्यसयता उनले वामपन्थी धारका पत्रपत्रिकामा थुप्रै कार्टुन कोरे। तर, एमालेका घोषित/अघोषित मुखपत्रमा कार्टुन बनाउँदा उकुसमुकुस हुन्थ्यो उनलाई। त्यसैले कांग्रेसनिकट नेपाल जागरण साप्ताहिकलाई प्लेटर्फम बनाए उनले। "मुलुकमा लोकतन्त्र कति छ भन्ने थाहा पाउन कार्टुनिस्टले पाएको स्वतन्त्रतालाई हेरे पुग्छ," उनी भन्न्छन्, "कार्टुनिस्टको धर्म पक्ष लिने होइन। संसारमा स्वतन्त्र र निष्पक्ष पनि कार्टुनिस्ट मात्रै हो।"
रविनले कार्टुनलाई नेताको पोल खोल्ने आम आदमीको शक्तिशाली हतियार बनाएका छन्। ०५० सालतिर दृष्टिमा कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिलाई व्यंग्य गर्दै एमालेसँग लिफ्ट मागेको कार्टुन बनाएछन्। पत्रिका बजारमा पुग्दा नपुग्दै एमालेका एक ठूला नेताले फोनमा सम्पादकलाई कार्टुनिस्टलाई तुरुन्त कारबाही गर्न उर्दी दिएछन्। पोलिटब्युरोमा पनि कुरा उठाएछन्।
रविनका राजनीतिक कार्टुनका पात्र नेताहरू नै हुन्छन्। उनीहरूलाई नै कटाक्ष गर्छन्। "माधव नेपाललाई उडाउँछ भन्छन् साथीहरू। कसैको बेइज्जत गर्नलाई म कार्टुन बनाउँदिनँ," उनी भन्छन्, "शक्तिमा जो छ, उसकै विरुद्ध कार्टुन बनाउने हो। कसैसँग लिनुदिनु केही छैन।"
अहिलेका नेतासँग उनको हिमचिम छैन। उठबस भएका नेता मदन भण्डारी मात्र हुन्। भण्डारीसँग दिल्ली जाँदा किशोर श्रेष्ठ र उनी १५ रात धर्मशालामा सँगै बसेका रहेछन्। गिरजिाप्रसाद कोइरालाले एकपटक राजेन्द्र दाहाल, सुरेश किरण र उनलाई बालुवाटारमा चिया खान बोलाएको धमिलो सम्झना छ। कोइरालाले आफ्नो नाकतिर छामेर सोधेछन्, 'मेरो कार्टुन बनाउन त सजिलो होला होइन ?'
'सेन्स अफ ह्युमर' नै छैन नेपाली नेताहरूमा। त्यसो हुन्थ्यो भने कार्टुनिस्ट नेताहरूसँग नजिकिन्थे, कार्टुनिस्टसँग नेताहरू। "एकपटक जोर्डनका कार्टुनिस्टले गृहमन्त्रीविरुद्ध कार्टुन बनाएछन्, गृहमन्त्रीले डेनमार्कमा फोन गरेर बधाई दिए," रविन सम्झन्छन्, "आफ्नो कार्टुन बनाएकामा मलाई अहिलेसम्म कुनै नेताले धन्यवाद दिएका छैनन्।"
रविन कति बागी कार्टुनिस्ट हुन् भने कहिल्यै कुनै पुरस्कार पाएका छैनन्। दर्शककै मायामा चित्त बुझाएका छन्। आफूलाई पाठकले नै बचाएको उनको विश्वास छ। "पाठकहरू कार्टुनका पारखी छन्," उनी भन्छन्, "उनीहरू कार्टुनमा नरमाएको भए मेरो के भाउ रहन्थ्यो र ?"
आफ्नो एकल कार्टुन प्रदर्शनी पनि जरुरी ठानेका छैनन्। "मेरा कार्टुन दैनिक हजारौँ पाठक-दर्शककहाँ पुग्छ," उनी सुनाउँछन्, "एकछिनमै सात-आठ सय लाइक फेसबुक खातामा जम्मा भइसक्छ। किन चाहियो एकल प्रदर्शनी ?"
२५ वर्षको अन्तरालमा जम्मा छ/सात सय कार्टुन बनाएका छन् उनले। तर, तीमध्ये धेरैजसो आफैँसँग छैन। "एकपटक मनु ब्राजाकीले गोरखापत्रमा लेख्छु भनेर एक चाङ कार्टुन लिएर गएका थिए," उनी सम्झन्छन्, "गोरखापत्रमा त लेखे तर फिर्ता गरेनन्।"
नयाँ र पुराना दुवै प्रविधिमा कार्टुन बनाएका छन् रविनले। "मैले काठ र जिंक दुवै ब्लकमा कार्टुन बनाएको छु," उनी सम्झन्छन्, "बुधबार छापिने पत्रिकाका लागि मंगलबार कार्टुन बनाउनुपथ्र्यो। जिंक ब्लक बनाउन घाम चाहिन्थ्यो। कहिलेकाहीँ आकाशतिरै हेरेर दिन बित्थ्यो।"
पहिलेका साप्ताहिक पत्रपत्रिकामा पाएको स्वतन्त्रता भने दैनिक अखबारमा अनुभव गर्न पाएका रहेनछन् उनले। पछिल्लो समय हिमाल र त्यसपछि नागरिकसँग आबद्ध रविन कार्टुन नछापिने भन्दा पनि कहिलेकाहीँ 'सेल्फ सेन्सरसिप' गर्नुपरेको बताउँछन्। उनी दिनहुँ कार्टुन कोर्न मान्दैनन्। "म दिमागमा फुरे दिनमा चारवटा कार्टुन पनि बनाउँछु, नफुरे महिनौँ पनि बनाउदिँनँ,' भन्छन्, "कार्टुन भनेको क्रिएसन हो, कारखाना होइन। म कार्टुनिस्ट हुँ, ठेकेदार होइन।"
कार्टुनिस्टको फौज कहीँ पनि छैन संसारमा। किनभने, यो सजिलो कला होइन। कोही आइडल कार्टुनिस्ट छैन उनको। अजित मेनन, राजेन्द्र पुरी, चपाटेलगायतका कार्टुन मन पराउँछन्, त्यत्ति हो। अहिले दैनिक अखबारमा फेसन बनेको पकेट कार्टुनमा उनी व्यंग्यचित्र पाउँदैनन्। "पकेट कार्टुन घटना या समाचारचित्रमा खुम्चिएको छ," उनी भन्छन्, "जबरजस्ती लेखिँदा कतिपय कार्टुन हरेक वर्ष दोहोरिने गरेको छ।"
३७ वर्षको उमेरमा पाटनकी सुनीता मानन्धरसँग घरजम गरे उनले। "छ/सात जना हेर्दा पनि चित्त नबुझेपछि केटी हेर्नै छाडिदिएँ," उनी सुनाउँछन्, "कतिसम्म भयो भने, विवाहको प्रसंग आउनासाथ परविारमा झगडा हुन थाल्यो।" 'लेट म्यारिज' सही, छोरासँग भने चाँडै भेट गरेका छन् उनले।
तन्नेरीमा कसैसँग 'लभ-अफेयर' नचले पनि बियर पिउने र गजल सुन्ने सोख रह्यो उनको। जगजित सिंहको फ्यान बनेताका उनी पाटन दरबार स्क्यायरपछाडिको एक भट्टीमा धाउँदा रहेछन्, मात्र एक झलकका लागि।
"हामी बिहान ९ बजे नै हाजिर हुन्थ्यौँ, दिउँसो ३ बजेतिर टुप्लुक्क देखिएर उनी अलप हुन्थिन्, राती ९ बजेसम्म कुरबिस्थ्यौँ," उनी सम्झन्छन्, "तिनको रूप-लावण्य नेवारी लोककथाकी पात्र राजमतीको जस्तो थियो।" तिनले घरजम गरेपछि त्यो क्रम छुट्यो। तर, रविन प्रेम कवितामा स्केच गर्नुपर्यो भने अहिले पनि तिनै राजमतीको अनुहार हुबहु राखिहाल्छन्।
प्रकाशित: वैशाख २८, २०७१

टिप्पणियाँ
एक टिप्पणी भेजें