नेपाली हिल्टन
- भूगोलविद् हर्क गुरुङका शब्दमा ‘असनका शेर्पा’ हुन् कर्ण । राजधानीको रैथाने नेवारी टोल असनमा जन्मे पनि उनको भावभंगिमा र जीवनशैली शेर्पाको जस्तो छ ।
नारायणहिटी
दरबारनजिकै भिक्टोरियन शैलीको ६ तले दरबार ‘हेरिटेज होटल’को हुलिया लिने
क्रममा छ । दर्जनौँ कामदारको होहल्ला अनि मेसिनको कर्कश आवाज आइरहन्छ,
निरन्तर । त्यो कोलाहल पनि रक कन्सर्टजस्तो लाग्छ, संरक्षणविद् कर्ण शाक्य,
७३, लाई । नवनिर्माणको धुनलाई उनी असली संगीत मान्छन् ।
पीत रङको यो दरबारमा कर्णको सपना कुँदिएको छ । होटल बनाउँदा १ सय २० वर्ष पुरानो दरबारको पूर्वसंरचना र कलाकृति कत्ति पनि बिगारेनन् । ‘माया म्यानअर बुटिक’लाई उनले आफ्नो जीवनकै अन्तिम होटल ठानेका छन् । तीन रोपनी जमिनमा फैलिएको यो दरबार उनले ४१ वर्षअघि बलरामशमशेर राणासँग ३ लाख ३५ हजार रुपियाँमा किनेका रहेछन् । “दरबार देखेपछि जो पनि चन्दा र देउसी माग्न मात्र आउने,” होटल बनाउनुको रहस्य खोल्छन्, “मैले सोचेँ, अब यसलाई ब्रिटिस धनाढ्य लक्षित होटल किन नबनाउने ?”
बलरामशमशेर र तोरणशमशेरका जुम्ल्याहाजस्ता राणाकालीन दरबार थिए हात्तीसारमा । एउटा कर्णको हात पर्यो, अर्को चिनियाँ दूतावासको । उनलाई खेद लाग्छ, तोरणको दरबार सहीसलामत छैन । कुनै बेला नेपाल सम्पदा संघको नेतृत्व गरेका कर्ण उत्तर आधुनिकतामा विश्वास गर्दैनन् । परम्परा, संस्कृति र पर्यटनको सम्मोहन उनमा कहिल्यै हराएन । “बनाउनु र सिर्जना गर्नुमा फरक छ,” उनी भन्छन्, “पैसाले होटल बनाउन सक्छ तर सिर्जना गर्न सक्दैन ।”
माया म्यानअर बुटिक केजीएच ग्रुपको सातौँ होटल हो । त्यसलाई काठमान्डू गेस्ट हाउस ग्रुप भने पनि हुन्छ, कर्णज् ग्रुप अफ होटल्स भने पनि हुन्छ । सातवटा होटलका सातवटै सुवास छन् । काठमान्डू गेस्ट हाउस ट्रेकिङ पर्यटक, बूढानीलकण्ठको पार्क भिलेज कन्फरेन्स गु्रप, लुम्बिनीको बुद्धमाया गार्डेन बौद्ध धर्मावलम्बी र पोखराको वाटर फ्रन्ट, फेवाताल हेर्नका निम्ति हो भने सराङ्कोटको हिमालयन फ्रन्ट, हिमाल पारखी र सौराहाको मारुनी सान्चुरी लज जंगल सफारीका निम्ति । “सबभन्दा प्यारो चाहिँ पार्क भिलेज नै हो,” उनी भन्छन्, “त्यहाँ रोपेका २६ सय रूख आफ्नै बच्चाजस्ता लाग्छन् ।”
काठमान्डू गेस्ट हाउस पर्यटन व्यवसायमा उनको पहिलो पाइला हो । सन् १९६७ मा खोलिएको यो होटलमा कुनै बेला इङ्लिस रक ब्यान्ड ‘बिटल्स’ पनि बसेको थियो । हिप्पीको छाया चलमलाउने ठमेल गुल्जार भएको पनि त्यसपछि नै हो । कुमारनरसिंह राणाको त्यो भूत बंगला उनका बाबु सिद्धिबहादुरले सन् १९५५ तिरै किनेका रहेछन् ।
भूगोलविद् हर्क गुरुङका शब्दमा ‘असनका शेर्पा’ हुन् कर्ण । राजधानीको रैथाने नेवारी टोल असनमा जन्मे पनि उनको भावभंगिमा र जीवनशैली शेर्पाको जस्तो छ । एसएलसीमा बल्लतल्ल गान्धी डिभिजनमा पास भएपछि उनको डाक्टर वा इन्जिनियरको सपना टुंगियो । कोलम्बो प्लानमा वनविज्ञान पढ्न गए, देहरादुन । “जंगलका नाममा पशुपति र स्वयम्भू अनि वन्यजन्तुका नाममा बाँदर मात्र देखेको थिएँ,” उनी भन्छन्, “फरेस्टर बनेर डोल्पो, मनाङ, मुस्ताङ, हुम्ला, जुम्लाको हिमाली क्षेत्र पैदल फेरो मारेपछि थाहा पाएँ, अथाह ढुकुटी ।”
चार वर्षमै जागिरे जीवनबाट अघाए कर्ण । एक–दुई महिना असनको तीन कबलको पुख्र्यौली सुनचाँदी पसलमा बसे । डोल्पोको भूस्वर्ग देखेको प्रकृतिप्रेमी कहाँ सुन जोखेर बस्ने ? उनलाई यस्तै लाग्यो । भगवान्ले छिनो हानेर बनाएजस्तो मुलुकमा किन हात बाँधेर बस्ने ?
होटल व्यवसायका ‘पायोनियर’ कर्ण आफूलाई श्रमजीवी उद्यमी मान्छन् । उनका शब्दमा व्यापारी र उद्यमी एउटै होइनन् । व्यापारीले नाफा–नोक्सान हेर्छ, सपना हेर्न सक्दैन । उद्यमीले नाफा–नोक्सानभन्दा पनि सिर्जना, सपना र गुणको लगानी हेर्छ ।
आफ्ना होटलमा उनी उतिसारो जाँदैनन् । गए पनि चिया खाएर फर्किहाल्छन् । सबै जिम्मा म्यानेजरलाई दिएका छन् । उनी अमेरिकी होटेलियर कोनराड हिल्टनको व्यवस्थापन शैलीका प्रशंसक हुन् । हिल्टन वल्र्डवाइड होल्डिङ्सका संसारभर ४ हजार ६ सय चेन छन् । “हिल्टनले विश्वभरि हजारौँ होटल चलाउन सक्छ भने म आफ्नै देशमा सातवटा होटल चलाउन नसक्ने ?” नेपाली हिल्टन उनी भन्छन्, “अरूलाई विश्वास गर्न नसक्ने व्यापारी हुन्छ, अरूलाई विश्वास गर्ने कला जान्ने उद्यमी ।”

कर्ण आफूलाई धनाढ्यको सूचीमा राख्दैनन् । “तपाईं हेर्नूस्, नपत्याउने मानिसको औँलामा सात क्यारेटका हीराको औँठी हुन्छ । उसले १० करोडको चेक पनि लेखिदिन सक्छ,” उनी आफ्नो स्टाटस खोल्छन्, “मेरो घाँटीमा हेर्नूस्, एक लाल सुन पनि छैन । म दुई करोडको चेक पनि लेख्न सक्दिनँ । म त लगानीको भाउ बढेर धनी भएको पो त !”
यसको अर्थ उनी गरिब पनि होइनन् । लक्ष्मी र सरस्वती दुवैले उनलाई पत्याएका छन् । होटलले लक्ष्मी दर्शाउँछन् भने पुस्तकले सरस्वती । उनका पुस्तक सोच, खोज, मोज र म सक्छु नेपालीमा छन् भने डोल्पो : द वल्र्ड बिहाइन्ड हिमालय, टेल्स अफ काठमान्डू, लुक डाउन नट अप, अनसङ हिरोज्, प्याराडाइज अन माई ब्याकवार्ड, अल द बेस्ट अंग्रेजीमा । सोच ४८ संस्करण छापिइसक्यो ।
यति मात्र होइन, उनले माइक्रो ब्लगिङ साइट ट्वीटरलाई बुढेसकालको बाटो बनाएका छन् । १ सय ४० ‘क्यारेक्टर’ उनको पुस्तकको ‘प्रि–प्लान’ हो । एउटा ट्वीटमा उनी एउटा पाठ नै फर्माउन सक्छन् । ६६ हजार ६ सय ‘फलोअर्स’ छन् उनका ।
१२ वर्षको उमेरसम्म नेपाली बोल्न नजानेका उनी आफूलाई लेखक या साहित्यकार मान्दैनन् । “म साहित्यकार नै होइन त किन साहित्य लेख्ने ?” उनी भन्छन्, “मैले बुद्धिविलासभन्दा पनि देश बनाउने सूत्र लेख्ने हो । के अभि सुवेदी, खगेन्द्र संग्रौलाले लेखेर देश बन्छ ?”
वास्तवमा कर्ण शाक्य सोच्छन्, सोचेका कुरा भन्छन्, भनेका कुरा लेख्छन् र लेखेका कुरा गर्छन् । ठमेललाई अन्तर्राष्ट्रिय पयर्टन केन्द्र बनाइदिए । एक खिल्ली चुरोटमा एक पैसा अन्त:शुल्क लगाएर भरतपुर क्यान्सर अस्पताल उभ्याइदिए । न्युजविकको ‘गुडबाई सांग्रिला’को जवाफ सन् १९९८ मा ‘भिजिट नेपाल’ मनाएर दिए । केशरमहलको ‘गार्डेन अफ ड्रिम्स’ अर्थात् स्वप्न बगैँचा पनि उनकै परिकल्पना हो ।
क्यान्सर लागेर पत्नी र छोरीको अल्पायुमै निधन भएपछि उनले ४५ वर्षको उमेरमा दोस्रो घरजम गरे । ११ वर्ष कान्छी पाटनकी सुशीला अमेरिकी ‘ग्रिनकार्ड होल्डर’ थिइन् । तर, कर्णले ग्रिनकार्ड नछाडी घरमै भित्र्याएनन् ।
सुशीलापट्टि छोरी जन्मिइन्, तृषाग्नि । अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीबाट डेभलपमेन्ट इकोनोमिक्समा स्नातकोत्तर गरेकी यी ‘प्रिन्सेस गर्ल’लाई नेपाल फर्काउने उनको ध्याउन्न छ । जेठी पत्नीबाट छोरा सुनील र राजन अनि छोरी सुसन छन् ।
आमा बुद्धमाया उनकी गुरु हुन् । ५५ वर्षसम्म सगोलमा बसेका कर्ण र दाजु वसन्त छुट्टिँदा चिट्ठा तानेर होटल बाँडेको प्रसंग किस्साजस्तो लाग्छ । उनको अनुभव के छ भने जीवनमा दोबाटो र चौबाटो आउँछन्, बाटो छान्ने निर्णयले जीवनको रेखा कोरिदिन्छ ।
अहिले पनि ‘फस्ट डे, फस्ट सो’ फिल्म हेर्छन् कर्ण । क्यान्सर सचेतनाका लागि उनले सन् १९८७ मा सन्तोष पन्तसँग मिलेर चार भागको टेलिसिरियल बनाए, दोषी को ? सन् २०११ मा फिचर फिल्म बनाए, पल । भन्छन्, “मैले कमाउनका लागि होइन, सोख पूरा गरेको हुँ ।”
छोराले उपहार दिएको करोड पर्ने गाडी छाडेर १५ लाख पर्ने सुजुकी चढ्छन् । उनी मोबाइल बोक्दैनन्, इमेल चलाउँदैनन् । घरमा पत्नीको मोबाइलले काम चल्छ, मोटरमा ड्राइभरको । “मेसिन मान्छेको नोकर हो,” उनको आफ्नै जिकिर छ, “म नोकरको पनि नोकर बन्ने ?”
न एक्लै खान सक्छन्, न त घुम्नै । उनका स्कुले साथी छन्, कलेजका साथी छन्, होटलका साथी छन् । टोलका गुच्चा खेल्ने साथी खर्पनमा तरकारी बेचिरहेका भेटिन्छन् । तिनले ‘पासा कर्न’ भनेर गाली गर्दा पनि आनन्द मान्छन् । “म परिवारसँग मात्रै रमाउन सक्दिनँ,” उनी फलाक्छन्, “तीन दिन साथी नपाउँदा मरेतुल्य हुन्छु ।”
नेपालीलाई ‘सिभिक सेन्स’मा कमजोर देख्छन् उनी । व्यक्ति बन्यो तर नागरिक बनेन । सफल बन्ने धुनमा असल मानिस हराइसके । असल मान्छेलाई महत्त्व नदिएसम्म देश नबन्ने उनको निष्कर्ष छ ।
उनलाई युवाको मनभित्र बसेर बाँच्न मन छ, जेपी स्कुल पढ्दा वासुदेव लुइँटेल माड्साबको साथ लागेर आर्यघाट जाँदा पाएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्पर्श उनको मनमा बाँचिरहेको छ । त्यसैले ऐनमौकामा काँठतिरको स्कुलमा गएर नागरिकशास्त्रको कक्षा लिन्छन् ।
कर्ण शाक्यको सक्रियता देखेर कतिपय लोभी पनि भन्छन् । तर, उनी आफूलाई फूलैफूल घुमेर, रसैरस चुसेर मह बनाउने मौरी ठान्छन् । उनी सोधिरहेका छन्, “कवि कविता लेखेर थाक्छ ? पेन्टर चित्र बनाएर थाक्छ ? रंगकर्मी नाटक खेलेर थाक्छ ? उद्यमी किन थाक्ने ?”
प्रकाशित: चैत्र २, २०७२

http://bit.ly/1UcEAgQ

टिप्पणियाँ
एक टिप्पणी भेजें