दिस इज माइकल चन्द
भगवान्लाई
मान्ने हो भने ‘गड गिफ्टेड’, प्रकृतिलाई मान्ने हो भने ‘नेचर गिफ्टेड’
आवाज छ माइकल चन्द अर्थात् हरिश चन्द, ६६, सँग । आवाजको दुनियाँका एक
सुपरस्टार माइकल चन्दको त्यो ‘ब्रास टोन’का पारखी अझै पनि गाउँसहरमा
भेटिन्छन् ।
रेडियो नेपालमा अंग्रेजी समाचारवाचक र गोथे इन्स्टिच्युटमा जर्मन भाषा प्रशिक्षकका रूपमा तीन दशकको समानान्तर सेवा रह्यो माइकलको । उनी अहिले महाराजगन्जस्थित निवासमा नेपाली रजतपटकी पहिलो हिरोइन भुवन चन्दका साथ अवकाश जीवन बिताइरहेका छन् ।
दोस्रो विश्वयुद्धताका बैतडीको पाटन, मेल्टाडाबाट भागेर बर्मा पुगेछन् उनका पिता । सेनामा भर्ती हुने बाटोमा बाजेले भाँजो हालिदिएपछि कोलकाता हुँदै रंगुन पुगेर उतै घरजम गरेछन् । त्यहीँ पहिलो सन्तानका रूपमा जन्मिए, माइकल । जन्मका हिसाबमा कर्कट राशिका उनको नाम ‘ह’ अक्षरबाट उठ्थ्यो । तर, ‘ठूल्नानी’, ‘ठूला’ आदि नाम रह्यो घरमा ।
बर्मामा जन्मनुको लाभ ठूलाले इटालियन कन्भेन्ट स्कुल पढ्न पाए । त्यो स्कुलमा विद्यार्थीको अंग्रेजी नाम जरुरी थियो । त्यही अनुसार डोनाल्ड, रोबर्ट र माइकलमध्ये एउटा नाम छनोट गर्नुपर्ने भयो उनले । चिट्ठामा पर्यो, माइकल ।
तिनै माइकल १५ वर्षको उमेरमा बैतडी आइपुगे सपरिवार र एक वर्षपछि काठमाडौँ आए । त्रिभुवन आदर्श विद्यालय फर्पिङबाट एसएलसी दिए । गणितमा कमजोर भएकाले चिकित्सक बन्ने बाटो रोजेनन् । अंग्रेजी साहित्य पढे, त्रिचन्द्र कलेजमा । कलेजमा मास्टर अफ सेरोमोनी (एमसी)का रूपमा उनको प्रसिद्धि चुलियो । स्नातक गरेलगत्तै राष्ट्रिय नाचघरमा एमसीकै जागिर मिल्यो । अंग्रेजीमा उल्था गरी बोल्न सक्ने मान्छे नै थिएनन् । त्यो क्यालेन्डर थियो सन् १९७२ को ।
त्यही वर्ष युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटो राजा वीरेन्द्रको निम्तोमा नेपाल आए । प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमका निम्ति उनलाई बोलावट भयो । उनले अंग्रेजीमा कार्यक्रम सञ्चालन गरेको देखेर रेडियो नेपालका निर्देशक रामराज पौडेलले निम्ताइहाले ।
सुरुमा माइकल अंग्रेजी समाचारमा थिएनन् । एक/डेढ महिनापछि बल्ल समाचार पढ्ने मौका मिल्यो । पहिलो दिन हाकिमले भनेको उनी अझै सम्झन्छन् । उनलाई भनिएको रहेछ, ‘दिस इज रेडियो नेपाल, द न्युज इज रेड बाई माइकल चन्द नभन्नू ।’ माइकल भन्दा विदेशी बुझिएला भनेर उनले आफ्नो नाममा हरिश नराखी धरै पाएनन् । उनी समाचारमा मात्र हरिश चन्द हुन् । अरू, बेला एम डी चन्द ठकुरी हुन् । एम माने माइकल, डी माने धनी चन्द (बाजेको नाम) ।
बिस्तारै सांगीतिक कार्यक्रम चलाए उनले । ‘म्युजिकल आवर’ र ‘म्युजिक मेनिया’ कार्यक्रम ज्यादै लोकप्रिय भए । अंग्रेजी गीति क्यासेटका लागि रेडियोले एक सुको खर्च गर्नुपरेन । डिस्को, ज्याज, हेभी मेटलका क्यासेट युवा श्रोता आफैँ ल्याइदिन्थे । रेडियो कार्यक्रम प्रस्तोता रविन (राजेन्द्र) शर्मालाई उनी आफ्ना चेला मान्छन् ।
त्यतिबेला रेडियो नेपालको विकल्प थिएन, मन परोस् या नपरोस् । टेलिभिजन, एफएम र इन्टरनेटको कल्पना नै गरिएको थिएन । एक दिन रेडियो नेपालको आँगनमा उभिरहेका थिए, माइकल । एक हुल युवती आइपुगे । उनीहरू माइकललाई भेट्न आएका रहेछन् । उनले भनेछन्, ‘भित्र हुनुहुन्छ, म बोलाइदिन्छु ।’ उनले भित्र गएजस्तो गरे र आफैँ आएर भनेछन्, ‘तपाईंले खोज्नुभएको माइकल मै हुँ ।’
माइकलको ‘क्रेज’ कस्तो थियो भने समाचार पढेको हेर्न आउँथे श्रोताहरू । चुल्ठो पालेको, डिंगो बुट लगाएको, ह्यान्डसम केटोको कल्पना लिएर आउँथे युवती । उनको लोकप्रियता हिरोइन पत्नी भुवनभन्दा ज्यादा लाग्थ्यो ।

सन् १९७३ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग सोल्टी होटलमा अन्तर्वार्ता लिए उनले । ली क्वान यू, इमाल्दा मार्कोस, मोहम्मद अर्साद, योहानेस राउ, कोलिन पावल, चन्द्रशेखर आदिसँग यसै गरी रेडियो वार्ता गरे उनले । सार्क श्रव्यदृश्य प्रोग्राम अन्तर्गत रेडियो, टेलिभिजनका लागि थुप्रै कार्यक्रम उत्पादन गरेको अनुभव पनि उनीसँग छन् । “रेडियो नेपाल नै मेरा लागि सबथोक हो, मुरीमुरी धन्यवाद रेडियो !” उनी भन्छन्, “जर्मन रेडियो डचे वेलेमा तीनवर्षे तालिमले मलाई यहाँसम्म ल्याइदिएको छ ।”
रेडियो नेपालमा ३३ वर्ष करारमै काम गरे उनले । सन् १९७२ मा पस्दा मासिक पारिश्रमिक चार सय रुपियाँ थियो, २००४ मा निस्कँदा मासिक ६ हजार । उसो त रेडियोमा स्थायी हुन उनी आफैँले नचाहेका हुन् । आर्थिक हिसाबमा गोथे इन्स्टिच्युट ठीक थियो ।
जर्मन भाषा, साहित्यमा डिप्लोमा गर्ने पहिलो नेपाली पनि माइकलै हुन् । उताबाट आउनासाथ जर्मन सरकारले खोलेको जर्मन भाषा प्रशिक्षालय गोथे इन्स्टिच्युटमा काम पाए । पछि निर्देशक पनि भए । सन् २००८ मा जर्मन भाषाको माध्यमबाट २५ वर्ष सेवा गरेबापत ‘फेडरल अर्डर अफ मेरिट’जस्तो उच्च सम्मान पाए, जर्मन राष्ट्रपति होस्ट कोहलरबाट ।
जर्मन र अंग्रेजी दुवै भाषामा पारंगत छन् माइकल । यिनै दुई भाषाले उनले परिवारको जीविका चलाए । एकताका उनको दिनचर्या कति व्यस्त हुन्थ्यो भने बिहान जर्मन भाषा पढाउने, दिउँसो आदर्श विद्यामन्दिर ( एभीएम) विद्यालयमा पढाउने र साँझ अंग्रेजीमा समाचार पढ्ने । उनको लगाव भने अझै पनि रेडियोमै छ ।
रेडियो जीवनमा अप्ठ्यारो मोड पनि आयो । बहुदल आउनासाथ पुराना ब्रोडकास्टर सबैलाई घर पठाउने गाइँगुइ चल्यो । तालिमप्राप्त अनुभवी टिम खाली गरेर अपार सम्पत्ति कसरी जुटाउने ? उनलाई लागिरह्यो । “पञ्चायती व्यवस्थामा डिक्टेट गरिएको समाचार हुन्थ्यो,” उनी अनुभव सुनाउँछन्, “प्रमुख संवाद सचिवको एक फोनमै समाचार बदलिन्थ्यो ।”
एकपटक राजा वीरेन्द्रले बैतडीको पाटनमा उदयदेव मन्दिरमा पूजाअर्चना गरेछन् । समाचार उदयदेवी भनेर आयो । आफ्नै कुलदेवताको गल्ती सच्चाउन खोज्दा ‘रिस्क नलेऊ’ भनियो उनलाई ।
अभिनेत्री भुवन थापासँग माइकलको दाम्पत्य जीवनले ४० वर्ष छोइसकेको छ । दुवै नाचघरमा जागिरे थिए तिनताका । भुवन माइकलको आवाजको पारखी थिइन् भने माइकल भुवनको सौन्दर्यको । त्यसलाई १० अक्टोबर १९७६ मा ‘सेल्फ एरेन्ज म्यारिज’मा बदले

उनीहरूले । त्यसको भोलिपल्ट भुवन मस्को उडिन् कलाकार टोलीमा । माइकलचाहिँ तीन दिनपछि जर्मनी गए । तीन महिनापछि म्युनिखमा हनिमुन मनायो नवदम्पतीले ।
भुवनको पहिलो फिल्म आमा माइकलले पटक–पटक हेरेका छन् । अहिले पनि कहिलेकाहीँ हेरेकै हुन्छन् । तीन छोरी पनि बाबुकै बाटोमा हिँडेका हुन् केही समय । जस्तो : शीला र शीतलले रेडियो नेपालमै अंग्रेजी समाचार पढे भने माइक्रोफोन समाउने तयारी गर्दागर्दै कान्छी सीरुषको भिसा लागिहाल्यो । अहिले तीनै जना अमेरिकामा छन् ।
माइकलको घरका दुई कुकुर पनि टीभी सेलिब्रिटीजस्ता छन् । भुवन या माइकलको अन्तर्वार्तामा प्राय: उनीहरू देखिन्छन् । उनका घरमा थप तीनवटा कुकुर छन् । जोगी, कालु, बिंगो, छोरी र फुच्चु उनलाई आफ्नै सन्तानजस्तो प्यारा लाग्छन् । माइकल र भुवन कस्ता ‘एनिमल लभर्स’ भने भूकम्पका बेलासमेत घर छाडेर कतै गएनन् ।
जमानाका रेडियो जक्की माइकल धेरैका मेन्टर हुन् । तर, उनलाई आफ्नो क्षेत्रले नै बिर्सेजस्तो लाग्छ कहिलेकाहीँ । त्यसैले अनपेक्षित प्रश्न पनि पाउँछन् । तिमी दार्जीलिङका हौ ? तिमी क्रिस्चियन हौ ?
---
तस्विरहरु: रवि मानन्धर
प्रकाशित: पुस ३०, २०७२

http://bit.ly/1SjGU4B

टिप्पणियाँ
एक टिप्पणी भेजें